नक्कली शरणार्थी प्रकरण
कानून व्यवसायीसँग रायमाझीले सोधे न्यायाधीशलाई श्रीमान् नै भनेर सम्बोधन गर्ने हो ?
- जेष्ठ १, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
जिल्ला अदालत काठमाडौँबाट ३ दिनको म्याद थप भएसँगै सरकारी वकिलको कार्यालयमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीको बयान गराइएको छ। नक्कली भुटानी शरणार्थी प्ररकणमा पक्राउ परेका रायमाझीलाई यो प्रकरणमा सम्बन्धित रहेर बयान गराइएको हो ।
आइतबार साँझा काठमाडौंको बुढानिलकण्ठबाट पक्राउ परेका रायमाझीले सोमबार जिल्ला अदालत काठमाडौंमा न्यायधीशसँग घरको खानाको माग गरेका हुन् ।
पक्राउ पूर्जी जारी भएपछि बैशाख २० गते फरार भएका पूर्वउपप्रधानमन्त्री रायमाझीलाई अनुसन्धानका लागि म्याद थप गर्न सोमबार प्रहरीले अदालत लगेको थियो । तर, अदालतसम्म पुग्दा उनी निकै प्रफुल्लित मुद्रामा देखिन्थे । सोही क्रममा उनले न्यायधीशसँग घरको खानाको माग गरेका हुन् ।
सरकारी वकिलहरुकै अघि टोपबहादुर रायमाझीले आफू प्रोस्टेटको बिरामी भएकोले आफूलाई सिधै हिरासतमा नराख्न आग्रह गरे । यतिमात्र होइन उनले आफूले बाहिरको खाना खान नमिल्ने र आफूलाई घरकै सादा खानाको व्यवस्था गरिदिन भने । जवाफमा न्यायधीशले भने– ‘त्यो त प्रहरीले नै मिलाउने कुरा हो ।’
रायमाझी भुटानी शरणार्थी प्रकरणमै पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणभन्दा फरक रूपमा देखिए । खाँण पक्राउ परेदेखि नै निलो रङको क्याप र मास्क लगाएर सार्वजनिक भएका थिए । उनले सरकारी वकिलको कार्यालय जाँदा होस् वा अदालत जाँदा, मास्क र टोपी खोलेका छैनन् ।
तर, रायमाझीले मास्क लगाएनन् । बरु मज्जाले मुस्कान दिएर अदालत परिसरमै हात हल्लाएर पोज दिन भ्याए । उसो त रायमाझीलाई उनका कानून व्यवसायीहरूमध्येका एकजनाले नै उनलाई मास्क नलगाएर प्रस्तुत हुन सुझाएका थिए ।
“चोरी गरेको भए पो मुख लुकाउनु, निर्दोषले शिर ठडाएर हिँड्ने हो,” उनका कानून व्यवसायीले रायमाझीलाई भनेका थिए ।
रायमाझी सोमबार दिउँसो करिब ३ बजे जिल्ला अदालतको इजलासभित्र प्रवेश गरे । उनीभन्दा अगाडि १०–१२ जना थुनुवा थिए । उनीहरूको काम सकिएपछि मात्र रायमाझीको पालो आयो ।
आत्मविश्वासका साथ प्रवेश भएका रायमाझी पालो कुरिरहँदा भने आत्तिएका देखिन्थे । उनीभन्दा अगाडि लागुऔषध, चोरी तथा साइबर क्राइमुका थुनुवाहरू थिए । उनीहरूलाई इजलास–५ मा रहेका न्यायाधीशले एक–एक गर्दै प्रश्न गरिरहेका थिए ।
पालो कुर्दै बसेका रायमाझीले आफ्ना कानुन व्यवसायीसँग इजलासमा कसरी प्रस्तुत हुने भनेर सल्लाह गरे । उनले कानुन व्यवसायीसँग सोधेका थिए– इजलासमा रहेका न्यायाधीशलाई श्रीमान् नै भनेर सम्बोधन गर्ने हो ?
उनी धैर्य भएर आफूभन्दा अगाडिका थुनुवाहरूलाई न्यायाधीशले गरेका प्रश्न र थुनुवाहरूको जवाफ सुनिरहेका थिए ।
इजलासमा रहेका न्यायाधीशले हरेक थुनुवालाई उनको पेसाका बारेमा सोधिरहेका थिए । थुनुवाले आफ्नो पेसा भनेपछि उनले उक्त पेसाको मानिस कसरी यहाँ आइपुग्नु भयो त भन्दै सोध्ने गरेका थिए । न्यायाधीशले एक थुनुवाको एक हातमा हत्कडी देखेपछि प्रहरीलाई गालीसमेत गरे ।
इजलासमा प्रवेश गरेपछि सबै व्यक्ति स्वतन्त्र छन्, न्यायाधीशले भनेका थिए । न्यायाधीशले आगामी दिनमा इजलासमा कसैलाई पनि हत्कडी नलगाएर ल्याउन आदेश दिएका थिए ।
अदालतले रायमाझीलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments