मौसम जानकारी
काठमाडौंमा बिहान बदली, साँझ मेघगर्जनसहित वर्षाको सम्भावना
- जेष्ठ २, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
काठमाडौंसहित देशका केही भागमा मंगलबार वर्षाको सम्भावना रहेको छ । पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने मौसमविद् समिर श्रेष्ठ बताउँछन् ।
कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशमा मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । बाँकी प्रदेशको पहाडी भू–भागका केही स्थानमा वर्षाको सम्भावना रहेको छ ।
काठमाडौंमा बिहान बदली रहेको छ । साँझ मेघगर्जनसहित वर्षाको सम्भावना रहेको मौसमविद् श्रेष्ठले जानकारी दिए । “काठमाडौंमा साँझपख मेघजर्नसहित सामान्य वर्षाको सम्भावना रहेको छ,” श्रेष्ठले भने ।
मंगलबारराति कोसी, बाग्मती, गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । कोसी प्रदेशका एकदुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments