इन्डियन प्रिमियर लिग: हैदराबाद बाहिरियो, गुजरात जायन्ट्स प्लेअफमा

- जेष्ठ २, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

इन्डियन प्रिमियर लिग (आईपीएल)को साबिक विजेता गुजरात जायन्ट्स प्लेअफमा पुगेको छ।शुभमन गिलको शतकमा सनराईजर्स गुजरातले हैदराबादलाई ३४ रनले पराजित गरेको हो। गुजरात प्लेअफमा पुग्ने पहिलो टोलीसमेत बनेको छ।

गएराति घरेलु मैदान नरेन्द्र मोदी क्रिकेट स्टेडियममा घरेलु टोली गुजरातले दिएको १८९ रनको विजयी लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५४ रन बनायो।हैदराबादका हेनरिच क्लेसनले ६४ रनको अर्धशतकीय इनिङ्स खेले। उनले ४४ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। भुवनेश्वर कुमारले २६ बलमा ३ चौकाको सहयोगमा २७ रन बनाए।

गुजरातका मोहिल शर्मा र मोहम्मद सामीले समान ४र४ विकेट लिए। यश दयालका नाममा १ विकेट रह्यो।त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ९ विकेट गुमाएर १ ८८ रन बनाएको थियो।

गुजरातका ओपनर शुभमन गिलले १०१ रनको शतकीय इनिङ्स खेले। उनले ५८ बलमा १३ चौका र १ छक्का प्रहार गरे। साई सुदर्शनले ३६ बलमा ६ चौका र १ छक्काको सहयोगमा ४७ रन बनाए।हैदराबादका भुवनेश्वर कुमारले ५ तथा टी नटराजन,फैजलहक फरुकी र मार्को ज्यानसनले १/१ विकेट लिए।

नौ जित र चार हारका साथ गुजरात १८ अंकसहित शीर्षस्थानमा कायम छ। हैदराबाद भने नवौँ स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर