दक्षिण सुडानले शरणार्थीलाई आश्रय दिन नयाँ शिविर खोल्यो

- जेष्ठ २, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

दक्षिण सुडानले छिमेकी सुडानमा द्वन्द्वबाट भागेका मानिसलाई आश्रय दिन आफ्नो उत्तरी क्षेत्रमा नयाँ शरणार्थी शिविर खोलेको छ ।

एकजना वरिष्ठ अधिकारीले सोमबार दिएको जानकारीअनुसार दक्षिण सुडानले ठूलो सङ्ख्यामा शरणार्थीलाई आश्रय दिइरहेको छ । ती आश्रय लिइरहेका शरणार्थीलाई बसोबास गर्न जग्गा छुट्याउने निर्णय गरिएको मानवीय मामिला तथा विपद् व्यवस्थापन मन्त्री अल्बिनो अकोल अटकले पत्रकार सम्मेलनमा बताएका छन् ।

उनले सुडानसँगको सीमा नजिक रहेको रिसेप्शन सेन्टरबाट शरणार्थीलाई नयाँ शरणार्थी शिविरमा स्थानान्तरण गर्न सरकारले मानवीय साझेदारसँग समन्वय गरिरहेको पनि जनाकारी दिएका छन् ।

मन्त्री अटकले शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय शरणार्थी एजेन्सीलगायतका निकायले शरणार्थीलाई आश्रय दिने, विश्व खाद्य कार्यक्रमले खाद्यान्न सहयोग गर्ने र आप्रवासनसम्बन्धी अन्तरराष्ट्रिय सङ्गठनले नयाँ शिविरमा यातायातको व्यवस्था गरिरहेको पनि बताएका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर