विश्व दूरसञ्चार दिवस: विभिन्न चेतनामूलक कार्यक्रम गरेर मनाइँदै

- जेष्ठ ३, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

बुधबार विश्व दूरसञ्चार दिवस । नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रम गरेर यो दिवस मनाइँदै छ ।

दूरसञ्चारका क्षेत्रमा भएका उपलब्धि र आवश्यकतालाई परिपूर्ति गर्ने बारेमा जानकारीमूलक कार्यक्रम आयोजना गरेर ५३औँ विश्व दूरसञ्चार दिवस मनाइँदै छ ।

सन् १९१३ मा पहिलोपटक काठमाडौंमा टेलिफोन लाइन जोडिएकामा एक वर्षपछि सन् १९१४ मा काठमाडौंदेखि भारतको रक्सौलसम्म टेलिफोनको प्रयोजनका लागि तारलाइन जडान गरिएको थियो । सन् १९३६ मा काठमाडौंबाट धनकुटासम्मको ट्रंकलाइन स्थापना गरियो ।

सन् १९५० मा उपत्यकामा राजदरबार र तत्कालीन राणा परिवारले प्रयोग गर्ने गरी १०० लाइन टेलिफोन क्षमताको एक्सचेन्ज जडान भयो । यी फोनहरू शासक वर्गका लागि मात्र उपलब्ध थियो । सन् १९६२ मा आएर मात्रै सर्वसाधारणको प्रयोजनका लागि ३०० लाइन क्षमताको एक्सचेन्ज काठमाडौंमा जडान गरिएको थियो । त्यसलाई सन् १९६५ मा एक हजार लाइन क्षमताको बनाइयो ।

सन् १९७४ मा माइक्रोवेभ लिंकलाई विस्तार गरियो । सन् १९८३ मा डिजिटल टेलिफोन एक्सचेन्ज जडान गरिएको थियो । सन् १९९९ मा नेपालमै पहिलोपटक मोबाइल फोनको सुरुवात भयो । सन् २००० मा आएर इन्टरनेटको व्यावसायिक सुरुवात भयो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर