आइपिएलस् मुम्मबईलाई हराउँदै प्लेअफ नजिक लखनउ
- जेष्ठ ३, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
इन्डियन प्रिमियर लिग (आइपिएल) मा लखनउ सुपर जायन्ट्सले मुम्मबई इन्डियन्सलाई ५ रनले पराजित गर्दै प्लेअफ सम्भावना बलियो बनाएको छ।
अन्तिम ओभरमा ११ रन चाहिएको अवस्थामा मोहसिन खानले कसिलो बलिङ गरेपछि मुम्बईले ५ रनमात्र बनाएको थियो।
जितसँगै लखनउ तेस्रो स्थानमा उक्लिएको छ। उसले १३ खेलबाट ७ जित सहित १५ अङ्क बनाएको छ। मुम्मबईको भने यो छैटौं हार हो। मुम्मबई १४ अङ्कका चौंथो नम्बरमा कायम छ। अब रोहित शर्माको कप्तानीमा रहेको मुम्बईलाई प्लेअफ पुग्नक लागि हैदराबादलाई हराउनैपर्ने दबाब बढेको छ।
टस हारेर पहिले ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ७७ रन बनाएको थियो। उसका लागि मार्कुस स्टोइनिसले ४७ बलमा ८ छक्का सहित ८९ रन बनाएका थिए। त्यस्तै कप्तान कुर्नाल पाण्ड्याले ४९ रन बनाउँदा क्विन्टन डिककले १६ रन जोडे।
१ सय ७८ रनको लक्ष्य पछ्याएको मुम्बई निर्धारित २० ओभरमा १ सय ७२ रनमा समेटियो। उसका लागि इशान किशनले ५९ रन बनाउँन कप्तान रोहित शर्माले ३७ रन बनाए।
पहिलो विकेटका लागि ९० रनको साझेदारी गरेको मुम्बईका लागि पछिल्लो क्रममले विष्फोटक इनिङ खेल्न असफल भएको थियो। उसका लागि टिम डेभिडले ३२ रन तथा नेहाल वाधेराले १६ रन बनाएका थिए।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments