२७औं पटक सगरमाथाको चुचुरोमा कीर्तिमानी आरोही कामीरिता

- जेष्ठ ३, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

कीर्तिमानी आरोही कामीरिता शेर्पा २७औं पटक सगरमाथाको चुचुरोमा पुग्न सफल भएका छन् । सेभेन समिट ट्रेक्सका म्यानेजर थानेश्वर गुरगाईंले दिएको जानकारी अनुसार शेर्पा बुधबार बिहान साढे ८ बजे २७औं पटक सगरमाथाको चुचुरोमा पुगेका हुन् । ‘एक जना विदेशी क्लाइन्टलाई लिएर उहाँ आज बिहान सगरमाथा शिखरमा पुग्नुभएको छ’, उनले भने ।
यसअघि २६ पटक सगरमाथाको सफल आरोहण गरिसकेका कामीरिताले फेरि सगरमाथा आरोहण गरेर आफ्नै कीर्तिमान तोडेका हुन् ।
आप्पा शेर्पा र फुर्वाटासी शेर्पाले २१ पटक सगरमाथा आरोहण गरेका छन् । उनीहरु दुवैले पर्वतारोहणबाट यसअघि नै सन्यास लिइसकेका छन् ।
सोलुखुम्बुको थामे गाउँमा जन्मिएका शेर्पाले १३ मे १९९४ मा पहिलो पटक सगरमाथा चुचुरो चुमेका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर