पर्यटन क्षेत्र
बेसक्याम्पतर्फ फर्कंदै गर्दा अभियानका सहभागी शेर्पाको निधन
- जेष्ठ ३, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नेपाली सेनाको सफा हिमाल अभियान, २०२३ अन्तर्गत सगरमाथा आरोहण सकेर बेसक्याम्पतर्फ फर्कंदै गर्दा अभियानमा संलग्न संखुवासभा निवासी फुर्वा शेर्पाको निधन भएको छ ।
उनको पार्थिव शरीरलाई उद्धार गर्ने प्रयास भइरहेको नेपाली सेनाको सैनिक तथा जनसम्पर्क निर्देशनालयले जनाएको छ । यसैगरी सगरमाथा तथा ल्होत्से हिमाल सफाइमा संलग्न रही सगरमाथाको आरोहण गरी फर्कने क्रममा अस्वस्थ हुन पुगेका सह सेनानी दीपेन्द्रसिंह खत्रीलाई आरोहणमा संलग्न अन्य टोलीसमेतको सहयोगमा क्याम्प–२ सम्म ल्याई थप उपचारका लागि काठमाडौँ पु¥याइएको छ ।
साथै सहसेनानी खत्रीसँगै अन्य तीन जनालाई पनि उपचारका लागि काठमाडौँ ल्याइएकामा हाल सबैको अवस्था सामान्य रहेको निर्देशनालयले जनाएको छ । प्रतिकूल मौसमका बाबजुद प्रमुख सेनानी किशोर अधिकारीको नेतृत्वमा हिमाल सफाइ अभियानको बाँकी कार्य सञ्चालन भइरहेको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments