नेपाल सवंत ११४३ को सिथि चःह्रे: नेवा समुदायले पूजा अर्चना गरी मनाउँदै
- जेष्ठ ४, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नेपाल प्राचिन कालदेखि नै चाड पर्व अनि तिथीहरुमा धनी देश हो । विश्वमै जात्रा, संस्कृती अनि चाडपर्वको धनी देश नेपाल सस्कारमा अत्यन्त समृद्ध देशका रुपमा चिनिन्छ। विशेषगरि काठमाडौ आसपासमा वसोवास गर्ने नेवा समुदाय प्राचिन कालदेखि नै आफ्नो सस्कृती अनि परम्पराका लागि प्रसिद्ध छन् र यीनै सस्कार र सभ्यताहरु मध्य बिहिबार एउटा महत्वपूर्ण सस्कृती लिएर प्रस्तुत छौं, सिथि चःह्रे ।
चःह्रे अर्थात चतुर्दशी
सिथि चःह्रे अर्थात चतुर्दशी जेष्ठ चर्तुदशी पर्दछ । यस दिन नेवा समुदायले सिथि चःह्रे को पूजा अर्चना गर्ने चलन छ । नेपाल संवत अनुसार आजको मिती नेपाल संवत ११४३ बछलाथ्व महिनाको चर्तुदशीमा पर्दछ, चर्तुदशीलाई नै नेवा भाषामा चःह्रे भनिन्छ अनि आज सिथि चःह्रे हो । आजको दिन घरघरमा पुजा गर्ने चलन हुन्छ, यस दिन सिथि अर्थात शिवका छोरा कुमार कार्तिके को पुजा गर्ने गरिन्छ । कुमारलाई मात्र पुजा नगरि अन्य देवताहरुको पनि पुजा र अर्चना गरिन्छ ।
सिथि नख को घोतक
आजको दिन आँउदै गरेको सिथि नख को घोतक पनि हो भने क्रमश बैशाखबाट शुरु भएको नयाँ वर्ष, जात्रा, उत्साह, उत्सर्ग अनि चाडहरुको श्रखलालाई सिथि चःह्रे ले शंखनाद गरेको मान्न सकिन्छ ।
यस बर्ष नेपाल सवंत ११४३ को सिथि चःह्रे को शुभकामना ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments