आईपीएल
पञ्जाबलाई १५ रनले हराउँदै दिल्लीको सानदार जित
- जेष्ठ ४, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बुधबार राति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ। टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दिल्ली क्यापिटल्सले पञ्चाज किङ्सलाई १५ रनले हराएको हो।
धर्मशालामा राति भएको खेलमा दिल्लीले दिएको २ सय १४ रनको लक्ष्य पन्जावले भेट्टाउन सकेन। पन्जाव निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ९८ रनमा समेटियो।
त्यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले दुई विकेटको क्षतिमा २ सय १३ रन बनाएको थियो। दिल्लीका लागि रिली रोसोउले सर्वाधिक ८२ रन बनाए। ३७ बल खेलेका उनले ६ वटा चौका र ६ वटै छक्का प्रहार गरेका थिए। त्यसैगरी ५४ रनको अर्धशतकीय इनिङ खेलेका पृथ्वी शाले सात चौका र एक छक्का प्रहार गरे।
आईपीएलमा बिहिबार सनराइजर्स हैदरावाद र रोयल च्यालेन्जर्स बैङ्लोर राति पौने ८ बजे हैदरावादमा खेल्नेछन्।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments