•  २६ पुष २०८१, शुक्रबार

प्रतिनिधी सभा
निर्धारित समय बितिसक्दा पनि बैठक बस्न सकेन

- जेष्ठ ४, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

११ बजे बोलाइएको प्रतिनिधी सभाको अहिले सम्म सुरु हुन सकेको छैन । यसरी निर्धारित समयमा बैठक सुरु नहुनु कुनै नौलो कुरा होइन। कहिले मन्त्रीहरू नै ढिला पुगेर त कहिले सांसदहरू ढिला पुगेर विभिन्न समयमा निर्धारित समयभन्दा बैठक ढिला नै सुरु हुने गरेको छ।
साना दल तथा स्वतन्त्र सांसदहरूबाट ककसले प्रधानमन्त्रीलाई प्रश्न सोध्ने भन्ने विषयको सहमति हुन नसक्दा बैठक ढिला भएको बताइएको छ।
प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीले प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनुपर्ने व्यवस्था छ। यही व्यवस्थाअनुसार प्रचण्डले बिहीबार सांसदसँग प्रश्नोत्तर गर्न लागेका हुन्।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने कार्यक्रम भएकोले पनि सबैले चासोपूर्वक हेरेको छन्। संसद् जस्तो सर्वोच्च निकायले नै यसरी समयको पालना नगरेको भन्दै आम जनतास्तरबाट प्रत्यक्ष विरोध र असन्तुष्टिहरू आउने गरेका छन्।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर