नक्कली शरणार्थी प्रकरण
विचौलिया व्यवस्थापक -प्रहरीको आँखा छल्दै हिंडेका मियाँ प्रहरीको फन्दामा
- जेष्ठ ४, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
अहिले उच्च पदस्थ अधिकारीहरु सँग बसेर तस्विर लिएर त्यसको फाइदा लिने देखी केही उच्च अधिकारीहरुको रातको निन्द्रा हराउन थालेको छ । निन्द्रा हराउनुको एउटै कारण हो नक्कली भुटानी शरणार्थी ।
लहरो तान्दा पहरो भने झै दैनिक जसको ठूला माछाहरु प्रहरीको जालमा पर्न थालेका छन् । नक्कली भुटानी प्रकरणमा बिस्तारै उच्च निकायका अधिकारी देखी यो प्रकरणमा बिचौलियाको काम गर्नेहरु एक पछि अर्को गरि फन्दामा परिरहेका छन् ।
जसको पछिल्लो उदाहरण हुन् नेपाल हज कमिटीका अध्यक्ष शमशेर मियाँ हुन् । प्रकरणमा आफनो नाम आउन थाले पछि एक साता देखी मोवाइल देखी बाहिरी दुनियाँबाट गुमनाम रहेका शम्सेर एक्कासी विहिबार बिहान एक्कासी सिंहदरवार भित्रै बाट पक्राउ परेका छन् ।
प्रहरीले शम्सेर माथि रेकी गरिरहेको थियो । बिहिबार नै शम्सेर ऊर्जा मन्त्रालय पुगेको सूचना पाए सँगै प्रहरीले उनलाई केही सरकारी कागजातसहित नियन्त्रणमा लिएको छ । प्रहरी स्रोतका अनुसार मियाँ मोबाइल अफ गरेर बसे पनि सचिवालयबाट विभिन्न कागजपत्रहरुले सूचना केही दिन अघि आएको थियो । ‘केही नजिकका कर्मचारीलाई कागज पत्र मागेर हस्ताक्षर गर्दै पठाउने गरेको पाइएपछि गोप्य निगरानी बढाएका थियौं’, एक प्रहरी अधिकृत भन्छन्, ‘त्यसक्रममा ऊर्जा मन्त्रालयमा बसेर काम गर्न खोज्दा पक्राउ गरिएको हो ।’
प्रहरीका अनुसार उनी कागजपत्रसहित पक्राउ परेका हुन् ।
हज कमिटीको सचिवालय गृह मन्त्रालयमा छ । प्रहरीका अनुसार गृह मन्त्रालयमा प्रहरी टोली पनि सधैँ तैनाथ रहने हुँदा शमशेर मियाँ गृहमा जाने गरेका थिएनन् । तत्कालीन ऊर्जामन्त्री टोपबहादुर रायमाझीमार्फत प्रकरणका विचौलियाहरुसँग जोडिएका मियाँले आफूले प्रयोग गर्ने गरी गृह मन्त्रालयबाट लिएको गाडी ललितपुरका सानु भण्डारी र मोरङका केशव दुलाललाई दिएका थिए ।
बीएबी १४०५ नम्बरको उनको गाडीमा भण्डारी, दुलालहरुले चितवनसहित विभिन्न स्थानमा पुगेर पीडितहरुसँग रकम उठाएका थिए । कर्मचारी भएको बताउँदै विभिन्न व्यक्तिलाई लगेर गणनामा छुट शरणार्थीको फारम उनीहरुले भराएका थिए ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकृतका अनुसार पीडितले उनीहरुले सरकारी गाडी पनि ल्याएको भनेपछि त्यसबारे खोजी थालिएको थियो । त्यसक्रममा गृह मन्त्रालयकै गाडी प्रयोग भएको देखिएको थियो । गाडी मियाँले दिएको खुलेको थियो । कल डिटेल रेकर्ड र अन्य प्राविधिक पक्षले पनि मियाँको विचौलियाहरुसँग सम्पर्क देखिएको थियो ।
प्रहरीले मियाँलाई जिल्ला प्रहरी परिसर, टेकु ल्याएको छ । उनलाई विहिबार नै अदालत उपस्थित गराएर अनुसन्धानका लागि हिरासतमा राख्न म्याद थप गरिने प्रहरीले जनाएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा हालसम्म १५ जना पक्राउ परिसकेका छन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments