गौअवि बाट ‘काठमाडौं–क्वालालाम्पुर–भैरहवा–काठमाडौं’ को नियमित उडान भर्दै नेवानि
- जेष्ठ ४, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नेपाल वायुसेवा निगम (नेवानि)ले २९ जेठ (१२ जुन २०२३)बाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बाट नियमित उडान गर्ने गरी तालिका सार्वजनिक गरेको छ ।
निगमले ‘काठमाडौं–क्वालालाम्पुर–भैरहवा–काठमाडौं’ रुटमा नियमित उडान गर्ने भएको हो । पहिलो चरणमा साताको एक उडान गर्ने गरी तय भएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।
निगमले बजारको माग र निगमको बजार व्यवस्थापन अनुसार अन्य गन्तब्यमा समेत उडान अनुमति लिई उडान संख्या बढाउने बताएको छ । निगमले यस रुटमा टिकट बुकिङ खुला गरेको छ ।
निगमले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
सँगको समन्वयमा उडान थाल्ने भएको हो । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी र वाणिज्य विभागका निर्देशकले हालै गरेको मलेसिया भ्रमणका सिलसिलामा तयारीको काम गरेका थिए ।
निगमले मलेसियाको जोहोरबारुबाट क्वालालाम्पुर अन्तर्राष्ट्रिय विमानस्थलसम्म आवतजावत गर्न सटल बस चलाउने भएको छ । यसपछि निगमको जहाजबाट काठमाडौंदेखि क्वालालाम्पुर र जोहोरबारुसम्म र जोहोरबारुबाट काठमाडौं र भैरहवासम्मको टिकट लिई सेवा लिन सक्ने समेत निगमको भनाइ छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments