नक्कली शरणार्थी प्रकरण
शरणार्थीका नेता रिजाल प्रहरीे नियन्त्रणमा
- जेष्ठ ४, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
भुटानी शरणार्थीका नेता टेकनाथ रिजालले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउनमा रिजालको मिलेमतो देखीए पछि प्रहरीले उनलाई बिहीबार सोधपुछका लागि बोलाएको थियो।
सोही अनुसार जिल्ला प्रहरी परिसर काठमाडौंमा गएका नेता रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक सीताराम रिजालले कासिन न्यूज सँगको कुराकानीमा बताए । बिहीबार दिउँसो शरणार्थी प्रकरणमा संलग्न नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ परेलगत्तै नेता रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
नक्कली भुटानी शरणार्थी प्रकरणमा बिहीबार पक्राउ परेका हज समितिका अध्यक्ष मियाँ र नेता रिजाल दुवै जनालाई २ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ।
यसअघि भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका मोरङका सागर राईले नेता रिजाललाई समेत मुछेका थिए। उनले बयानका क्रममा रिजाललाई ७ लाख रूपैयाँ दिएको दाबी गरेका थिए।
बिहीबार पक्राउ परेका मियाँ र रिजाल दुवै जनालाई थप २ दिन हिरासतमा राख्न अदालतबाट अनुमति पाएको एसपी रिजालले बताए।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments