रोमा युइएफए युरोपा लिगको फाइनलमा : इटालियन क्लब युभेन्ट्स बाहिरियो
- जेष्ठ ५, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
इटालियन क्लब रोमा युइएफए युरोपा लिगको फाइनलमा प्रवेश गर्दा अर्काे इटालियन क्लब युभेन्ट्स बाहिरिएको छ । सेमिफाइनलको दोस्रो लेगमा जर्मन क्लब बायर लिभरकुसनसँग गोलरहित बराबरी खेलेपछि समग्रमा १–० को जित निकाल्दै रोमा फाइनलमा पुग्न सफल भएको हो ।
बेएरिना लिभरकुसनमा बिहीबार राति भएको खेलमा घरेलु टोलीबाट खेलको पुरै समय दवावमा परेको रोमाले त्यो दवावलाई झेल्दै पहिलो लेगमा लिएको अग्रतालाई जोगाएर फाइनल पुग्न सफल भयो । रोमाले पहिलो लेगमा १–० को जित निकालेको थियो ।
अर्काे सेमिफाइनलमा पहिलो लेगको अग्रता जोगाउन नसक्दा युभेन्ट्स बाहिरिएको छ । सेमिफाइनलको दोस्रो लेगमा युभेन्ट्स अतिरिक्त समयमा स्पेनिस क्लब सेभियासँग २–१ ले तथा समग्रमा ३–२ ले पराजित हुँदै बाहिरिएको हो ।
रोमन सान्चेज पिजुवानमा बिहीबार राति भएको दोस्रो सेमिफाइनलमा सेभियाको जितमा सुसो र एरिक लमेलाले गोल गरे । युभेन्ट्सका डुसान भ्लाहोभिचले गरेको गोल सान्त्वना बन्यो ।
खेलको ६५औं मिनेटमा डुसान भ्लाहोभिचले गोल गर्दै युभेन्ट्सलाई १–० को अग्रता दिलाए । ७१औं मिनेटमा सुसोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो ।
९५औं मिनेटमा एरिक लमेलाले गोल गर्दै सेभियालाई फाइनलमा पु¥याए । ११५औं मिनेटमा सेभिया १० खेलाडीमा समेटिन पुग्यो । मार्कास एकुना दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिएपनि युभेन्ट्सले त्यसको फाइदा उठाउन सकेन ।
अब रोमा र सेभियाबीच ३१ मेमा फाइनल हुनेछ । फाइनल पुस्कास एरिना हंगेरीमा हुनेछ । सेभिया फाइनल पुगेको सबै ६ खेलमा विजयी हुँदै च्याम्पियन बनेको छ । यता, रोमाका प्रशिक्षक जोसे मौरिन्होले पाँच पटक युरोपियन फाइनल खेल्दै आफ्नो टोलीलाई च्याम्पियन बनाएको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments