सच्याउँदै परम्परा
बिनातामझाम राष्ट्रपति पौडेल संसद् भवन नयाँ बानेश्वर जाने
- जेष्ठ ५, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न बिनातामझाम संसद् भवन नयाँ बानेश्वर जाने भएका छन्। सडक अवरोध हुने र नागरिकले सास्ती पाउने भन्दै उनले त्यस्ता तामझाम नगर्न सुरक्षा निकायलाई निर्देशन दिएको राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले जानकारी दिए।
राष्ट्रपतिमा निर्वाचित भएसँगै सडक खाली गराएरै हिँड्ने परम्परालाई राष्ट्रपति पौडेलले सच्याउँदै आएका छन्। यसअघि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी र रामवरण यादवको पालामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न संसद् भवन जाँदा र अन्य सरकारी कार्यक्रममा सहभागी हुँदा सडक जाम गरिएको र नागरिकले सास्ती पाएको भन्दै चर्को आलोचना हुने गरेको थियो।
तर, सुरक्षा निकायले भने अतिविशिष्टहरुको सुरक्षा प्रोटोकलका कारण सडक खाली गराउने गरिएको दाबी गर्दै आएको थियो। आज संसद् भवनबाट राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments