सडक खाली गराउने चलन हट्यो -संसद भवनको गेटबाट मात्र कारकेडको व्यवस्था

- जेष्ठ ५, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेल शीतल निवासबाट संसद भवनमा जाँदा सडक खाली गराइएको थिएन भने संसद भवनको गेटबाट मात्र कारकेडको व्यवस्था गरिएको थियो ।


सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति पौडेल संसद भवन पुगेका हुन् । आर्थिक वर्ष २०८०/०८१ सरकारको नीति तथा कार्यक्रम संसदमा केहीबेरमा प्रस्तुत हुनेछ ।


यसअघि नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति संसद आउँदा शितल निवासदेखि नै सडक खाली गराउने गरिएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर