बालुवाटारको दबाव:
मधेसको मुख्यमन्त्रीमा सरोजकुमारलाई नै निरन्तरता दिने सहमति
- जेष्ठ ५, २०८० मा प्रकाशित
कासिन न्यूज,
जनकपुरधाम ।
मधेश प्रदेशमा तत्काल सरकारको नेतृत्व परिर्वतन नहुने भएको छ । शुक्रबार बालुवाटारमा भएको छलफलमा जनता समाजवादी पार्टी ९जसपा०का सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा निरन्तरता दिने सहमति जुटेको हो ।
सत्तारुढ गठबन्धनका दलहरुले उपचुनावअघि भएको सहमतिअनुसार मुख्यमन्त्री छाड्न दबाव दिएका थिए ।
नेताहरुका अनुसार १० वैशाखको उपचुनावपछि शीर्ष तहमा भएको छलफलमा जसपाले मुख्यमन्त्री छाड्ने सहमति भएको थियो ।
तर जसपाले मुख्यमन्त्री छाड्न चाहेन, बरु यादव नेतृत्वकै सरकारमा आउन अरु दलाई प्रस्ताव गरेको थियो । नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०ले भने पूर्वसहमति अनुसार मुख्यमन्त्री फेरिनुपर्ने बताएका थिए ।
तर शीर्ष नेताहरुको उपस्थितिमा लगातार दुई दिन भएको छलफलमा तत्काल जसपा नेतृत्वको सरकारलाई निरन्तरता दिने सहमति भएको कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले बताए । उनले अघि भने, ‘कसले कति र कहिले नेतृत्व गर्ने विषयपछि गठबन्धनको बैठक बसेर टुंग्याउने निर्णय भएको छ ।’
उनकाअनुसार तत्काल यसै प्रदेश सरकारमा कांग्रेस, लोसपा र नेकपा एकीकृत सहभागी हुन्छन् ।
मन्त्रालय भागवण्डाबारे सहमति खोज्ने जिम्मा भने प्रदेशकै नेताहरुलाई दिइएको मधेस प्रदेशका माओवादी केन्द्र संसदीय दलका नेता भरतप्रसाद साहले जानकारी दिए । उनका अनुसार आइतबार बिहान ११ बजे जनकपुरमै गठबन्धन घटक दलका संसदीय दलका नेताहरुको बैठक बसेर मन्त्रालय टुंग्याइने छ ।
गठबन्धन फेरिएसँगै २२ चैतमा एमालेले सरकार छाडेको थियो, तर कांग्रेस, लोसपा र एकीकृत समाजवादी पार्टी सरकारमा सहभागी भएका छैनन् ।
मुख्यमन्त्रीसहित ११ मन्त्रालय मधेश प्रदेश सरकारमा एमालेले छाडेको चार मन्त्रालय खाली छ । जसपाले मुख्यमन्त्रीसहित पाँच मन्त्रालय जसपा लिएको छ भने जनमत पार्टीले दुईवटा र माओवादी केन्द्रले एउटा मन्त्रालय लिएको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments