भागिरथीले गंगाको पृथ्वीलोकमा आगमन गराएको तिथि

- जेष्ठ ६, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

ज्येष्ठ शुक्ल प्रतिपदाको महत्व अत्याधिक छ । आजका तिथीमा नै वैदिक कालमा भागिरथीले गंगाको पृथ्वीलोकमा आगमन गराएका हुन् । यस अगाडि पवित्र गंगा देवलोकमा मात्र बहने गरेको तर यसपछि गंगाको अवतरण पृथ्वीलोकमा भएको विश्वास छ । यसरी ज्येष्ठ शुक्ल प्रतिपदाको माता गंगाको आगमनको तिथीमा तुलसीको विज रोपेर अनि पवित्र स्नानको श्रृखलाहरु शुरु गर्ने चलन छ । यिनै स्नानको श्रृखलालाई दशहरा स्नान भनिन्छ ।

१० दिन चल्ने दशहरा स्नान
प्रतिपदादेखि एकादशीसम्म १० दिन चल्ने पवित्र स्नानका यि श्रृखलाहरुमा हरेक दिन एकप्रकारको पाप नाश हुने विश्वास छ । यसरी दश दिनमा दश प्रकरका पापहरुवाट मुक्ति पाउने भएकाले नै दशहरा स्नान भनिएको हो । ज्येष्ठ शुक्ल प्रतिपदादेखि एकादशीसम्मका ११ दिन गङ्गा वा नदी किनारमा गई स्नान गरेमा दश प्रकारका पाप नाश हुने धार्मिक विश्वास छ । कसैले नदिई कुनै वस्तु लिनु, बिनायज्ञ हिंसा गर्नु, परस्त्रीगमन गर्नु, कठोर वचन बोल्नु, असत्य बोल्नु, परनिन्दा गर्नु, बेमतलबको प्रलाप गर्नु, अरूको सम्पत्ति हडप्ने इच्छा राख्नु, अरूलाई हानि पु९याउने इच्छा राख्नु र बिनाकारण दुराग्रह राख्ने जस्ता पाप ११ दिनको गङ्गा, त्रिवेणी वा नदीमा गई स्नान गरेमा नाश हुने शास्त्रीय मान्यता छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर