एमाले राजनीति
सरकारको नीति तथा कार्यक्रमले कुनै मार्गदर्शन दिएको छैन , स्वीकारयोग्य छैन, समर्थन योग्य छैन : एमाले अध्यक्ष ओली
- जेष्ठ ६, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबारको संसद् बैठकलाई सम्बोधन गर्ने भएका छन्। शनिबार एमाले संसदीय दलको बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले भोलिको प्रतिनिधिसभा बैठकमा आफ्नो सम्बोधन रहने बताएका हुन्।
अध्यक्ष ओलीले जेठ ४ गतेको संसद् बैठकमा सम्बोधन गर्ने कार्यसूची थियो। यद्यपि उनले आफ्नो स्वास्थ्य समस्याका कारण सम्बोधन गर्न सकेका थिएनन्। उनले बैठकमा सरकारले शुक्रबार ल्याएको नीति तथा कार्यक्रम, नक्कली शरणार्थी प्रकरण लगायतका विषयमा बोल्ने भएका हुन्।
यस्तै एमाले सरकारको नीति तथा कार्यक्रमको विपक्षमा उभिने भएको छ। अध्यक्ष ओलीले सरकारको नीति तथा कार्यक्रम स्वीकार्य नरहेकाले सदनबाट पारित हुन नदिने बताएका हुन्।
‘सरकारको नीति तथा कार्यक्रमले कुनै मार्गदर्शन गर्दैन। यो स्वीकारयोग्य छैन। समर्थन योग्य छैन। विरोधयोग्य छ। यस्तो फाल्तु कार्यक्रम नीतिका नाममा दस्तावेज पेस हुनु दुःखको कुरा हो। यसर्थ यसलाई पास गर्न हुँदैन, मिल्दैन। यसको विरोध गर्नुपर्छ। हाम्रो पोजिशन त्यही हो,’ उनले भने।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments