मित्रराष्ट्रको मुख ताक्दै आर्थिक सङ्कटमा परेको पाकिस्तान
- जेष्ठ ६, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
आर्थिक सङ्कटमा परेको पाकिस्तानले अन्तरराष्ट्रिय मुद्रा कोष ९आइएमएफ०बाट छ अर्ब ५० करोड अमेरिकी डलरको पुनरुत्थान सहायता प्याकेज प्राप्तिमा बिलम्ब भएपछि मित्रराष्ट्रहरूसँग सहयोगको याचना गर्ने निष्कर्षमा पुगेको छ ।
पाकिस्तानी समाचार संस्था एआरवाई न्युजका अनुसार आइएमएफ र पाकिस्तानबीच कर्मचारीस्तरमा गत फेब्रुवरीदेखि भएका आर्थिक सहायतासम्बन्धी वार्ताको परिणाम प्राप्त हुन बिलम्ब भएपछि वित्तीय सहयोगका लागि मित्रराष्ट्रहरूको मुख ताक्न सरकार बाध्य भएका हो । आइएमएमसँगको चालु ऋण कार्यक्रम आगमी महिनाको अन्तिममा मात्र समाप्त हुने र नयाँ ऋण प्याकेजका सम्बन्धमा उक्त वित्तीय संस्थाले निर्णय गरिनसकेकाले पाकिस्तान मित्रराष्ट्रसँग वित्तीय सहायता माग्ने बाध्यात्मक परिस्थितिमा पुगेको हो ।
पाकिस्तानले आईएमएफलाई पुरानो ऋणको केही अंश चुक्ता गर्नुपर्नेछ । कालोसूचीमा पर्नबाट जोगिन आगामी महिनाको अन्त्य सम्ममा छ अर्ब डलरको व्यवस्था गर्न आइएमएफले सरकारलाई भनिसकेको छ ।
आइएमएफका अधिकांश शर्तको पालना गर्न पाकिस्तान सहमत भएको छ । पूर्वप्रधानमन्त्री इमरान खानको कार्यकालमा भएका ऋणका कठोर सम्झौतलाई पनि वर्तमान सरकारले पालना गर्ने प्रतिबद्धता व्यक्त गरेको एआरवाई न्युजमा जनाइएको छ ।
एआरवाईका अुनसार पाकिस्तानले अहिलेको वित्तीय समस्याबाट पार पाउन चीनसँग मद्दत मागेको छ । बेइजिङले दुई अर्ब ४० करोड डलर ऋण सहयोग प्रदान गर्ने विश्वास पाकिस्तानी अधिकारीले व्यक्त गरेका छन् ।
यसैबीच, पाकिस्तानका अर्थमन्त्री इशाक दारले कर्मचारी तहमा भएका वार्ता एवम् सम्झौतामा हस्ताक्षर गर्ने वा नगर्ने निर्णय आइएमएममा निहित रहेको बताएका छन् । सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले आइएमएफका अधिकांश शर्त पूरा गरिएका तथा पूर्वशर्तहरू लागू गरिएका स्पष्ट गरेका छन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments