मन्त्रीसँग ११ बुँदे सहमति:
आठौं दिनमा सांसद सञ्जय गौतमले तोडे आमरण अनशन
- जेष्ठ ६, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
बर्दियाका–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सञ्जयकुमार गौतमले आठौं दिनमा आमरण अनशन तोडेका छन् ।
बारबर्दिया र गुलरिया जोड्ने जब्दीघाट पुलमुनि अनशन बसेका कांग्रेस केन्द्रीय सदस्य गौतमले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासँग ११ बुँदे सहमति भएपछि अनशन तोडेका हुन् ।
अनशन तोडेपनि स्वास्थ्य अवस्था कमजोर भएकाले गौतम जिल्ला अस्पताल बर्दियामा भर्ना भएका जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
पुल निर्माण हुनुपर्नेसहितका विभिन्न १५ बुदे माग राखेर ३० वैशाखमा जब्दीघाटको भत्किएको पुलमुनि अनशन गौतम अनशन बसेका थिए । गौतमसँग वार्ता गर्न मन्त्री ज्वाला शनिबार बारबर्दिया नगरपालिका–११ स्थित अनशनस्थलमा नै गएका थिए ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments