बोल्न पाउनुपर्ने माग:
एमालेले प्रदेशसभा घेराउ गरेपछि बैठक स्थगित
- जेष्ठ ६, २०८० मा प्रकाशित
कासिन न्यूज,
धनगढी ।
सुदूरपश्चिममा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले रोस्टम घेराउ गरेपछि प्रदेशसभाको बैठक स्थगित भएको छ ।
एमालेले लामो समयपछि बैठक सञ्चालन भएकाले सबैले शून्य समयमा बोल्न पाउनुपर्ने भएपनि सभामुखले सांसदहरुलाई शून्य समय नदिएपछि संसदीय मर्यादा मिचेको भन्दै विरोधमा रोस्ट्रम घेराउ गरेको हो ।
एमालेले रोस्ट्रम घेराउ गरेपछि सभामुख भीमबहादुर भण्डारीले केहीबेरका लागि प्रदेशसभाको बैठक स्थगित गरेका छन् ।
एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गरेपछि लामो समयपछि प्रदेशसभा बैठक बसेकाले आफ्ना धारणा शून्य समयमा राख्न पाउनुपर्ने माग गरे । तर सभामुखले विशेष समय मात्र दिएको भन्दै उनले मर्यादामा ख्याल गर्न आग्रह गरेका छन् ।
२१ फागुनमा मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिएपछि शनिबार पहिलो पटक प्रदेशसभाको बैठक बसेको थियो ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments