आईपीएल क्रिकेट: कोलकातालाई एक रनले हराउँदै लखनउ प्ले अफमा
- जेष्ठ ७, २०८० मा प्रकाशित
कोलकाता नाइट राइडर्सलाई एक रनले हराउँदै लखनउ सुपर जायन्ट्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको प्ले अफमा पुगेको छ ।
गएराति इडेन गार्डेनमा भएको रोमाञ्चक खेलमा कोलकाता एक रनले पराजित भयो ।
टस हारेर पहिला ब्याटिङ गरेको लखनउले दिएको १ सय ७७ रनको लक्ष्य पछ्याएको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७५ रन बनायो ।
उसका रिंकु सिँहले अविजित ६७ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । जेसन रोयले ४५ रन जोडे ।
लखनउका रवि बिश्नोई र यश ठाकुरले २र२ विकेट लिए । त्यसअघि लखनउले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७६ रन बनाएको थियो । उसका निकोलस पूरनले ५८ रन बनाए ।
कोलकाताका शार्दुल ठाकुर, सुनिल नारायण र वैभव अरोराले समान २–२ विकेट लिए ।
जितसँगै लखनउ १४ खेलमा १७ अंकका साथ तालिकाको तेस्रो स्थानमा रहेको छ । प्ले अफबाट बाहिरिएको कोलकाताको १४ खेलमा १२ अंकका साथ तालिकाको सातौँ स्थानमा छ ।
हिजो भएको पहिलो खेलमा दिल्ली क्यापिटल्सलाई ७७ रनले हराउँदै चेन्नई सुपर किंग्स प्ले अफमा पुग्यो।
१४ खेलमा १७ अंक रहेको चेन्नई तालिकाको दोस्रो स्थानमा र १३ खेलमा १८ अंक रहेको गुजरात टाइटन्स शीर्ष स्थानमा रहेको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments