नियन्त्रण बाहिर धार्मिक तथा ऐतिहासिक रेसुंगा क्षेत्रको आगो

- जेष्ठ ७, २०८० मा प्रकाशित


कासिन न्यूज,
तम्घास ।

गुल्मीको सदरमुकाम तम्घास नजिकै रेसुंगा क्षेत्रमा लागेको आगो नियन्त्रण बाहिर गएको छ । शुक्रबार दिउँसोबाट सुरु भएको आगो शनिबार दिउँसो केहीबेर नियन्त्रणमा आए पनि फेरि सुरु भएको थियो । राति भएपछि आगो झन् भीषण बन्दै गएको छ ।

सुरक्षाकर्मीको टोलीले आगो खानीगाउँ र छापटोला क्षेत्रमा आउन नदिन अग्निरेखा बनाइरहेको छ । नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी, डिभिजन वन तथा स्थानीयले आगो नियन्त्रणको प्रयास गरिरहेको जिल्ला प्रशासन कार्यालय गुल्मीका निमित्त प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिए । सल्लेरी क्षेत्र भएकाले आगो नियन्त्रण बाहिर रहेको उनको भनाइ छ । साँझपख फेरि आगो फैलिएको गैरैले बताए ।

तीन हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा फैलिएको धार्मिक तथा ऐतिहासिक रेसुंगा क्षेत्रको अधिकांश भू–भाग लगभग प्रत्येक वर्ष डढेलोको चपेटामा ध्वस्त भएको हुने गरेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर