सरकारले भ्रष्टाचारविरोधी च्याम्पियन भएर केके न बाघ मारेको जस्तो उधुम हल्ला गर्यो : एमाले अध्यक्ष ओली
- जेष्ठ ७, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले भुटानी शरणार्थी प्रकरणमा सरकारले बाघ मारेको जसरी हल्ला गर्न जरूरी नभएको बताए ।
गत वर्ष जेठ १९÷२० गते नै उजुरी परेको भए पनि गुपचुप राखेको पाइएको उनले बताए । ‘गिरफ्तार गरिरहेको रहेछ, सट्याकसुटुक छोडिएछ । लेनदेन मिलाउने, केस दबाउने कोसिस भएछ’ उनले भने, ‘म सरकारमा थिइनँ, सरकारमा हुनेहरूले त्यतिसम्म गर्नुभएछ ।’
९७५ जनासँग पैसा लिएर फारम भराएको भन्दै उनले पचाउन वा दबाउन सक्ने केस नभएको बताए । ‘यो आफैं विस्फोट भएर आयो, भुइँचालो गएको जस्तो भएर आयो’ उनले भने, ‘भुइँचालो मैले ल्याएँ भन्नु बेकार छ, आफैं आयो ।’
‘सरकारले भ्रष्टाचारविरोधी च्याम्पियन भएर केके न बाघ मारेको जस्तो उधुम हल्ला गरेको छ । गृहमन्त्रीज्यू उधुम हल्ला गरिराख्नुभएको छ । यसमा सरकारले जुँगामा ताउ लगाउनुपर्ने आवश्यकता देख्दिनँ ।’
नेताहरू र मन्त्रिपरिषदले हस्तक्षेप नगर्न र प्रहरीलाई निष्पक्ष छानबिन गर्न दिन आग्रह समेत गरे ।बयानको क्रम कसरी चलिरहेको छ भन्ने आफूहरू पनि हेरिरहेको भन्दै उनले भने, गल्ती गर्नेतिर सरकार नजाओस्, भ्रष्टलाई कारबाही गर्नेतिर जाओस् । ‘आगो छोप्न सकिन्छ, धुवाँ छोप्न सकिन्नँ, फुत्त निस्किहान्छ ।’
साथै यसअघि पनि केही मान्छे भुटानी शरणार्थी बनेर गएको सुनेको भन्दै ओलीले यसबारे छानबिन गर्न आग्रह गरे ।
अध्यक्ष ओलीले तीन दलका नेताहरूको भेटलाई लिएर प्रश्न गरेकोमा समेत आक्रोश पोखे । ‘तीन प्रमुख पार्टीका नेताहरू भेट्दा सन्देह पैदा भयो ? संसद बैठक पटक पटक बस्दा सन्देह पैदा भयो ?
मन्त्रिपरिषद् पटक पटक बस्दा सन्देह पैदा भयो ? के भन्या यो ?’ उनले भने, ‘अनि देशको अवस्था यस्तो छ । सदन कसरी चलाउने ? सहमतीय बाटोमा कसरी जाने ? आदि कुराहरूमा नेताहरू छलफल गर्दैनन् ?
तीन जना भेट्दा पनि आफूले ‘मेरो मान्छे बचाइदेऊ भनेर म्याउँ म्याउँ गर्न गएको जसरी प्रचार भएको भन्दै उनले भने, ‘केपी ओलीले अर्थोक गर्ला, म्याउँम्याउँ गर्दैन । बाघ भोकै मर्छ, तर घाँस खाँदैन ।’
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments