नक्कली शरणार्थी प्रकरण
मञ्जु खाँणलाई पार्टीले फलो नगरे पनि उनी पति बालकृष्णको सम्पर्कमा
- जेष्ठ ८, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
पूर्वगृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण गत वैशाख २७ गते पक्राउ परे पनि उनकी पत्नी मञ्जु खाँण काठमाडौं प्रहरी परिसर टेकुमा भेट्न गएकी थिइनन् । प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाउने दिन मञ्जु पतिलाई भेट्न गएकी हुन् । प्रहरी परिसर काठमाडौंका एक जना प्रहरी अधिकृतले बालकृष्णलाई भेटेर मञ्जु फर्किएको पुष्टि गरे ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुले मञ्जुलाई पनि मुछेका थिए । त्यसयता उनी सम्पर्कविहीन भएकी थिइन् । तर सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने दिन उनी संसदमा देखिएकी थिइन् ।
कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले २ जेठमा आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकारहरुले मञ्जु सम्पर्कमा नरहेको र पतिलाई पनि भेट्न नगएको कारणबारे सोधेका थिए । त्यसको जवाफमा महतले मञ्जु खाँणलाई पार्टीले फलो नगरेको बताएका थिए ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments