स्पेनिस ला लिगा
रियल म्याड्रिडले हार बेहोर्दा एट्लेटिको मड्रिडले सहज जित हात पार्यो

- जेष्ठ ८, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

स्पेनिस ला लिगामा रियल म्याड्रिडले हार बेहोर्दा शहरी टोली एट्लेटिको मड्रिडले सहज जित हात पारेको छ । १० खेलाडीमा समेटिएको रियल घरेलु टोली भ्यालेन्सियासँग १–० ले पराजित भएको हो । रियललाई स्तब्ध पार्न भ्यालेन्सियाका डिएगो लोपेजले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो ।
भ्यालेन्सियामा आइतबार राति भएको खेलमा उनले खेलको ३३औं मिनेटमा गोल गर्न सफल भएका थिए । एक गोलले पछि परेको रियलले ७४ प्रतिशत बल पोसेसन राख्दै घरेलु टोलीलाई दवावमा राखेपनि गोल गर्न नसक्दा पराजित हुन पुग्यो ।
खेलको अन्त्यतिर भने रियल १० खेलाडीमा समेटिन पुग्यो । भिनिसियस जुनियर सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि रियलको सम्भावना सकियो । यस हारसँगै रियल ३५ खेलबाट ७१ अंक जोडेर तेस्रो स्थानमा झरेको छ । भ्यालेन्सिया ४० अंक जोडेर १३औं स्थानमा छ ।

अर्काे खेलमा एट्लेटिको मड्रिडले ओसासुनालाई ३–० ले पराजित गर्दै दोस्रो स्थानमा उक्लन सफल भएको छ । एट्लेटिकोको जितमा यान्निक कारास्को, सहुल निग्वेज र एन्जल कोरेआले गोल गरे ।
यस जितसँगै दोस्रो स्थानमा उक्लिएको एट्लेटिकोको ३५ खेलबाट ७२ अंक पुगेको छ । पराजित ओसासुना ४७ अंक जोडर १०औं स्थानमा छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर