पूर्वगृहमन्त्री खाँणको मोबाइलमा फेला परेन शरणार्थीसँग सम्बन्धित विवरण (डिजिटल रिपोर्ट)
- जेष्ठ ८, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
पूर्वगृहमन्त्री बालकृष्ण खाँणको मोबाइलको (डिजिटल रिपोर्ट) शरणार्थीसँग सम्बन्धित विवरणहरु फेला नपरेको जिल्ला प्रहरी परिसर स्रोत जानकारी दिएको छ । खाँणको मोबाइलबाट रिकभर हुनसक्ने विवरणमार्फत नक्कली भुटानी शरणार्थी प्रकरणमा अझै माथिल्लो तहको नेक्सससम्म प्रहरी पुग्नसक्ने अनुमान गरिएको थियो ।
प्रहरीले २७ वैशाखमा खाँण र उनका स्वकीय सचिव नरेन्द्र केसीलाई मैजुबहालस्थित निवासबाट पक्राउ गरेको थियो । पक्राउलगत्तै खाँणको मोबाइल नियन्त्रणमा लिएर प्रहरीले जाँचका लागि डिजिटल फरेन्सिक ल्याब (डीएफएल) मा पठाएको थियो । तर, त्यसबाट प्राप्त रिपोर्टमा शरणार्थीसँग सम्बन्धित विवरणहरु छैनन् । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा करोडौं असुली गरेको गिरोहसँग सम्बन्ध देखिएको भन्दै पूर्वगृहमन्त्री खाँणलाई हिरासतमा लिइएको थियो ।
खाँणले प्रहरी पुग्नुअघि मोबाइल डाटा ‘फ्याक्ट्री रिसेट’ गरेको प्रहरी आशंका थियो । त्यसैले जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा लिइएको बयानमा पनि उनलाई मोबाइल किन रिसेट गरेको भनेर सोधिएको थियो ।
तर, उनले आफू त्यत्ति प्रविधिसँग जानकार नभएको भन्दै आफूलाई थाहा नभएको बताएका थिए । मोबाइलबाट नयाँ विवरण फेला नपरेपछि उनलाई गिरोहलाई अनुकूल हुने गरी निर्णयहरु गराएको आरोपमा पक्राउ गरिएकाले त्यति फरक नपर्ने अधिकृतहरु बताउँछन् ।
प्रहरीका अनुसार पूर्वसहसचिव बालकृष्ण पन्थी नेतृत्वको कार्यदलले आफूअनुकूल प्रतिवेदन नदेखिएपछि मन्त्रालय नेतृत्वलाई प्रभावमा पारेर गिरोहले त्यसलाई सच्याउन अर्को उपसमिति गठन गराएको थियो । तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले झापाका सहायक प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेको नेतृत्वमा त्यसलाई सच्याउन अर्को उपसमिति बनाएका थिए ।
तर, उपसमितिले काम गरेको थिएन । बयानमा तत्कालीन सचिव पाण्डेले आफूले गृहमन्त्रीकै निर्देशनमा सबै काम गरेको जिकिर गरेका थिए । यो प्रकरणमा हालसम्म १६ जना पक्राउ परेका छन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments