धार्मीक मान्यता
राबण- जन्मले ब्राह्मण भएपनि अहंकारले राक्षस

- जेष्ठ ९, २०८० मा प्रकाशित



डा.प्रमोद जोशी


राबण अधिकांश कुरामा रामभन्दा श्रेष्ठ थिए । सुनको लंका भएकोले धनमा, चारै बेदका ज्ञाता भएकोले ज्ञान् मा, भक्तिमा, कुलबंशमा, ध्यानमा अनि बल मा त झनै बिश्व बिजेता तर यी सबैमा राम भन्दा श्रेष्ठ हुँदा हुँदै पनि एउटा कुरामा राबण चुके त्यो हो चरित्र र त्यागमा ।

राबण आफ्नो अधिपत्य स्थापित गर्न र राम चाहिँ राबण भित्रको अहंकार परास्त गर्न चाहन्थे । अन्तमा, राबणका दर्जनौं तथ्यहरु रामको एउटै सत्यको अगाडि निस्तेज भए ! राबणको जस्तो कुल कस्को थियो होला र रु सृष्टिकर्ता ब्रम्हाका पनाति, महात्मा पुलस्यका नाति अनि ऋषि बिश्वर्भका छोरा राबण, ब्राह्मण कुलका भए पनि उनलाइ हामी राक्षस मान्दछौ । अर्थात हिन्दुका प्रमाणिक बेदहरुमा उल्लेख गरेका चार बर्णलाई चार जात भन्नेहरुले बुझ्नु पर्दछ कि जन्मले राबण ब्राह्मण भए पनि कर्मले उनलाइ राक्षस भनेर चिनायो । इ.पु. ५६३ अघिका राजकुमार सिद्धार्थ गौतम जन्मले क्षेत्रीय भएपनी आफ्नो कर्मबाट महात्मा बुद्ध बन्दा उनिमा ब्राह्मण जन्मिसकेको थियो ।

बुद्धको केही कालपछि भारतबर्ष लाई एकत्रित गर्ने सम्राट अशोकको २३०० बर्ष अघि बैराग्य पश्चात् राजा बन्न आपसमा लडदै गरेको बिभाजित हिन्दु समाजमा अरबीहरुले मौकाको फाइदा उठाउदै आक्रमण सुरु गरे । यस अघि, युरोप र अरबमा आततायी शासनका बखतमा, बर्णमा बिश्वास गर्ने सनातनिहरुले हाम्रो समाजमा सभ्य राज्यहरु निर्माण गरि सकेका थिए जसमा, जिम्मेवारीको हिसाबले शिक्षा–ब्राह्मण, रक्षा–क्षेत्री, अर्थ–बैश्य र कर्मचारी–शुद्र गरि चार वटा बर्ण, तर जन्म हैन कर्मले १ जब अरबिहरुले आफ्नो अभिस्ट पूरा हुनमा, हाम्रा शास्त्रलाई बाधक माने तब नालन्दा र तक्षशिला जस्ता दर्जनौ ज्ञान् का भण्डार बिश्वबिद्धालयलाई जलाइ दिए । अनि १२ देखि १८ सताब्दी सम्म मुगल शासनमा बिना शास्त्रको ब्याख्याले वर्ण लाई जात भन्दै मुस्लिम आक्रान्ताहरुले सीमान्तकृत, अल्पसंख्यक र निमुखाहरुलाइ भडकाउदै तलवारको भरमा धर्मान्तरण सुरु गरे । इस्लाम कबुल नगर्ने र सनातन भङ्ग हुन नदिने लाई भङ्गी भनेर अछुत व्यवहार गरे ।

अधिकान्स ग्रन्थ जलाइ दिए पछि उपलब्ध सिमित सनातन ज्ञान् लाई केही ज्ञानिहरुले सुषुप्त राख्दा पछिल्लो चरणमा तिनीहरुमा नै हिन्दु ज्ञान् सिमित हुँन गइ तिनका पुश्ताले कालान्तरमा आफुलाई ब्राह्मण घोषणा गरे । मुगललाइ परास्त गरि आएका इसाइ अङ्ग्रेजहरु त झन कुटनितिका पारखी थिए । इस्लामले जन्माएको जातिय बिद्वेशमा मलजल गरे , आधुनिकताका नाममा गुरु–शिष्य प्रणाली ध्वस्त बनाए । राज्य भित्रको आत्मा राष्ट्र बन्ने मौलिक तत्व संस्कृती माथी नै धावा बोले, १८६० देखि १९२० सम्म अङ्ग्रेजले उच्च पदमा अङ्ग्रेजलाई मात्र र अन्य केही ठाउँमा आरक्षणको नाममा कथित तल्लो जातलाइ सूचीकरण गरियो । झनै १९२७ मा भारतमा साइमन कमिशन मार्फत जात–पात लाइ संस्थागत गर्ने कोसिस गरियो ।

यसरी हेर्दा हिन्दु बर्णाश्रमको सबैभन्दा माथी आफुलाइ राखी अङ्ग्रेजले जातपातको बीष बृक्ष अग्लो बनाइसकेका थिए ।
श्रीकृष्ण ग्वाला परिवारका थिए, गोकुलमा गाइको सेवा गर्दा बैश्य, कंसको बध गर्छन क्षेत्रीय,जब अर्जुनलाइ गिता ज्ञान् सुनाउछन उनी ब्राह्मण, र तिनै अर्जुनको रथको सारथि बन्दा शुद्र !

अरबीहरुले हाम्रा शास्त्र जलाएर हामिलाइ अध्यारोमा राखे अङ्ग्रेजले हामिलाइ सांस्कृतिक गुलाम बनाए । हामी पनि अरुले बनाइ दिएकोमा बनी दियौ । एउटा जिवनमा भगवान श्रीकृष्णको जस्तै सबै बर्णमा पालो पालो बाची रहने हामी तर ढोङ्ग चाहिँ आ–आफ्नो मादल बजाउने ।

सङ्गीत तबमात्र सृजना हुन्छ जब सबैका बाजा, लय र समन्वयमा बज्दछन, हैन भने त्यो सङ्गीत हैन अहंकार मात्रै हुन जान्छ । अहंकारिको जात हुँदै हुँदैन किनभने राबण जन्मले ब्राह्मण तर अहंकारले राक्षस ।।।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर