प्रविधि र हामी
डिजिटल पथमा लम्केको हाम्रो समाज

- जेष्ठ ९, २०८० मा प्रकाशित


अमुल्य भण्डारी ।

गोलको धुलोको मसी र काठको कलम सुन्दा अच्चम लाग्छ । तर सत्य यही हो हामी यही युगबाट अहिलेको आधुनिक लेखन शैलीमा आइपुगेका हौं । जसरी सामाजिक रुपान्तरणमा मानिसहरुको प्रभाव बढ्न थाल्यो यही सँग सँगै हरेक क्षेत्रमा विकासका तरिकाहरुले परिवर्तन हुन् थाले ।

अझ भनौ अहिले युग नै परिवर्तीत भएको छ । त्यही परिवर्तीत युगको पहिलो कल्पना हो डिजिटल युग । अर्थात प्रविधिले गाँजेको युग । अहिले मानिसहरुलाई कसैसँग पनि साक्षात्कार गर्न उसको अग्रभाग अघिल्तिर पर्नु पर्ने अवस्था छैन् । मानिस आफनै अगाडी नभए पनि उसले आफूले चाहेको मानिस सँग साक्षात्कार गर्न सक्छ । यही नै हो डिजिटल युगले ल्याएको परिवर्तन ।

अझ नेपालको सन्दर्भमा भन्नुपर्दा मानिसहरु डिजिटल लाइनमा प्रवेश गर्ने हरेक बाटोको खोजाइमा छन् । त्यही लाइनको संरचना हो डिजिटल नेपाल । यो तथ्यांक र टेक्निमा आधारित सरकारी र गैरसरकारी योजना, प्रक्रिया र कार्यक्रमहरूको एक समूह हो । यसले नेपाललाई विश्वस्तरीय सूचना र संचार प्रविधिमा सुधार गर्ने लक्ष्य लिएको छ ।

डिजिटल नेपालले विभिन्न क्षेत्रहरूमा प्रविधिको विकास र उन्नति गर्दै नेपाललाई आर्थिक र सामाजिक रुपमा विकास गर्ने र जनतालाई अधिक उपयुक्त सेवाहरू प्रदान गर्ने प्रयास गर्दछ । ई–गवर्नेन्स नेपालमा सरकारी कार्यप्रणाली उपयोग गरेर सुधार गर्ने कार्यक्रमहरूको समूह हो । यसले सरकारी कार्यप्रणालीलाई दिगो रूपमा सुगम, पारदर्शी, उच्च गुणस्तरका सेवाहरू प्रदान गर्ने लक्ष्य राख्छ।

इ–गवर्नेन्स नेपाल वा नेपालमा इलेक्ट्रोनिक शासन (ई–गवर्नेन्स) भन्नाले सरकारी संगठनहरूको कामकाज र प्रक्रियाहरूमा तथ्यांक तथा संचार प्रविधिलाई अनुप्राणित गरेर तथ्यांक र तकनीकले समर्थित गरिएका उपकरणहरूका माध्यमबाट प्रदान गरिन्छ। नागरिक एप नेपालको सरकारी अनलाइन सेवा प्लेटफर्म हो।

यसले नेपाली नागरिकलाई सरकारी सेवाहरूलाई आसानीले पहुँच प्रदान गर्दछ। यसमा संविधानिक निर्धारित विभिन्न सेवाहरू शामिल गरिएको छ । जसमा जन्ममरण दर्ता, नागरिकता प्रमाणपत्र, नगर प्रमाणपत्र, वाहन दर्ता, र बैंकिंग सेवाहरू जस्ता अनलाइन सेवाहरू छन्।

काठमाडौं महानगरपालिका नेपालको सबैभन्दा ठूलो नगरपालिका, काठमाडौं महानगरपालिकाको सरकारी अनलाइन सेवा प्लेटफर्म हो। यसले काठमाडौंका नागरिकहरूलाई सरकारी सेवाहरूको आसानीले पहुँच प्रदान गर्दछ। यसमा सवैधानिक निर्धारित विभिन्न सेवाहरू सामेल गरिएको छ । जसमा भूमि विवरण, नगरीय कर, निर्माण अनुमति, वाहन दर्ता, नगरपालिका खाता वस्तुजग्गा, वातावरण सुरक्षा अनुमति, अनुगमन पत्र, नागरिकता प्रमाणपत्र जस्ता सेवाहरू अनलाइन उपलब्ध छन्। तसर्थ, नेपाल डिजिटल युगमा गरिरहेको भएपनि अहिले सर्भर, सुरक्षा जस्ता समस्याहरु देखा परेका छन् ।

नेपालमा यो डिजिटलाइजेशनको कुरा प्रारम्भिक चरणमा भएका कारण समय समयमा यी समस्याहरू देखिनु स्वभाविक पनि हुन । र समय बित्दै जाँदा यी समस्याहरु न्यूनीकरण हुँदै जाने निश्चित छ ।

लेखक कम्प्युटर इन्जिनियर हुन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर