•  २६ पुष २०८१, शुक्रबार

मधेश प्रदेश-मुख्यमन्त्री यादवले खोसे जनमत पार्टीलाई दिएको मन्त्रालय

- जेष्ठ ९, २०८० मा प्रकाशित


कासिन न्यूज,
जनकपुरधाम ।

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनमत पार्टीबाट भूमि व्यवस्था तथा कृषि मन्त्रालय खोसेका छन् । मुख्यमन्त्री यादवले नेपाली कांग्रेस र एकीकृत समाजवादीलाई समेटेर सरकार विस्तार गरेका हुन् ।

कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव भौतिक पूर्वाधार र वीरेन्द्रकुमार सिंह स्वास्थ्यमन्त्री भएका छन् । एकीकृत समाजवादी संसदीय दलका नेता गोविन्द न्यौपाने भूमि व्यवस्था तथा कृषि भएका छन् ।
यो मन्त्रालयमा जनमत पार्टीका उपाध्यक्ष बसन्त कुशवाह मन्त्री थिए । २९ पुसमा विना विभागीय मन्त्री बनेका कुशवाहले १३ माघमा कृषि मन्त्रालयको जिम्मा पाएका थिए ।
मुख्यमन्त्री यादवले कुशवाहलाई विना विभागीय मन्त्री बनाएर गोविन्द न्यौपाने भूमि व्यवस्था तथा कृषि मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर