नक्कली शरणार्थी प्रकरण :११ जनामाथि थप अनुसन्धान गर्नुपर्ने – सरकारी वकिल कार्यालयको टोली मूल अभियोगपत्र निर्माणमा
- जेष्ठ ९, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाए सँगै सरकारी वकिल कार्यालय काठमाडौंको टोली मूल अभियोगपत्र निर्माणमा जुटेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले झण्डै दुई महिना लामो अनुसन्धानपछि सोमबार प्रतिवेदन बुझाएको हो । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै १०६ जना पीडितबाट कम्तिमा २४ करोड रुपैयाँ ठगी भएको उजुरी परेको छ ।
अभियोगपत्र तयार पार्न जिल्ला सरकारी वकिल कार्यायका प्रमुख अच्यूतमणि नेउपाने मातहत ८ जना सक्रिय छन्। सोमबार आधा रातसम्म अनुसन्धान प्रतिवेदनमा अध्ययन गरेर अभियोगपत्रको खाका निर्माण गरिएको र मंगलवारसम्म लेखन सक्ने तयारी रहेको एक अधिकृतले बताए।
प्रहरीले हालसम्म ३३ जनालाई प्रतिवादी बनाउन सकिने भनि अनुसन्धान प्रतिवेदन पेस गरेको छ। पक्राउ परेका १६, फरार रहेका १४ र ३ जना फरारका साथै उनीहरुको वतन नै नखुलेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।
प्रहरीले फरार रहेका व्यक्तिहरुलाई प्रतिवादी बनाउनुपर्ने र अदालतबाट म्याद जारी गर्दै हाजिर गराएर मुद्दा अघि बढाउन सकिने अनुसन्धान प्रतिवेदनमा उल्लेख छ। प्रहरीले पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाण, पूर्व सांसद आङटावा शेर्पा र सचिव टेकनारायाण पाण्डेसहितलाई भने अभियोगपत्र सहित अदालतमा पेस गरिने जिल्ला सरकारी वकिल कालार्यालयका प्रमुख नेउपानले बताए।
उनले अहिले पनि आफूहरु अनुसन्धान प्रतिवेदन अध्ययनकै क्रममा रहेकाले मुद्दा दायर मंगलबार वा बुधबार कहिले हुन्छ भन्ने यकिन नभएको बताए। उनले ६१ दिनभित्रै अदालतमा मुद्दा दायर हुने कुरा निश्चित रहेको बताए।
जिल्ला सरकारी वकिल कार्यालयले अनुसन्धान प्रतिवेदन अध्ययन भइरहेको र प्रतिवादी कति व्यक्तिलाई बनाएर जिल्ला अदालतमा पेस गर्ने भन्ने कुरा निष्कर्षमा नपुगेको बताए। उनले आवश्यक देखिएमा हाल आएको अनुसन्धान प्रतिवेदनको भन्दा थप प्रतिवादी पनि हुन् ।
हालसम्मको अवस्थामा प्रहरीले सिफारिस गरेका सबैमाथि मुद्दा लाग्न सक्ने देखिएको एक अधिकृतको दाबी छ। प्रहरीको अनुसन्धान प्रतिवेदनमा फरार भनिएका, बयानका क्रममा र विचौलियाहरुले पैसा दिएको साथै राजनीतिक व्यक्तिसँग कनेक्सन देखिएको भनिएका भारतीय नागरिकक बेचन झाको नाम अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको छ।
सरकारी वकिलको कार्यालयले बेचनलाई पनि प्रतिवादी बनाउने गरी अध्ययन भइरहेको जनाएको छ। तर अहिलेसम्म प्राप्त प्रमाण उनीविरुद्ध पोख्न हुन्छन् कि हुँदैनन् भन्ने विषयबारे भने बुझ्ने काम भइरहेको बताइएको छ।
अनुसन्धान गर्नुपर्नेमा ११ जनाको नाम थपियो
जिल्ला सरकारी बकिल कार्यालयमा पुगेको अनुसन्धान प्रतिवेदनमा हालसम्म भएको अनुसन्धानमा ११ जनामाथि थप अनुसन्धान गर्नुपर्ने भनिएको छ। ८ जनाविरुद्ध प्रमाण नदेखिएको र ३ जनाको वतन नै खुल्न नसकेकाको तथा उनीहरु फरार भएकाले पक्राउ पनि गर्न नसकिएको दाबी अनुसन्धान प्रतिवेदनमा गरिएको छ।
अभियुक्तहरूले प्रहरीसँगको बयानमा तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादल, उनकी पत्नी नैनकला थापा, पूर्वगृहसचिवद्वय प्रेमकुमार राई र महेश्वर न्यौपानेको पनि नाम लिएको, तर उनीहरुका विरुद्ध थप प्रमाण जुट्न नसकेको प्रतिवेदनमा उल्लेख छ।
तत्कालीन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीका स्वकीय सचिव राजेश बज्रचार्य, एमालेका पूर्व प्रदेशमन्त्री अजयक्रान्ति शाक्य, टोपबहादुर रायमाझीका सहयोगी लीला जिसी र एमालेकै राजेश्वर स्थापितको नाम पनि बयानमा आएको छ।
यो प्रकरणमा हालसम्म टोपबहादुर रायमाझी, बालकृष्ण खाण, आङटावा शेर्पा, टेकनारायण पाण्डे, इन्द्रजित राई, शमशेर मिया, टेकनाथ रिजाल, सन्दीप रायमाझी, नरेन्द्र केसी, केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टंक गुरुङ, रामशरण केसी र गोविन्द चौधरी पक्राउ परेका छन्।
यस्तै, प्रतीक थापा, नीरज राई, केशव तुलाधार, अशोक पोखरेल, लक्ष्मी महर्जन, धीरेन राई, मोहन राई, दीपा हुमागाईं, सुनील बुढाथोकी, विनिता लिम्बू, निरञ्जन खरेल, राजेश अर्याल, हरिभक्त महर्जन र आशिष बुढाथोकी फरार छन्। यस्तै, ठेगाना नखुलेका बेचन झा, गोकुल थापा र रमा थापा पनि फरार छन्।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments