एनएससी–काभा महिला भलिबल- नेपालले बंगलादेशमाथि ३–० को एकपक्षीय जित निकाल्यो
- जेष्ठ ९, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
घरेलु टोली नेपाल एक खेल बाँकी छँदै एनएससी–काभा महिला भलिबल च्यालेन्ज कप २०२३ को सेमिफाइनलमा प्रवेश गरेको छ ।
आफ्नो दोस्रो खेलमा बंगलादेशमाथि ३–० को सोझो सेटमा जित निकाल्दै नेपाल एक बाँकी छँदै सेमिफाइनलमा पुग्न सफल भएको हो ।नेपालको जितले भारत पनि सेमिफाइनलमा पुगेको छ । लगातार दोस्रो हारसँगै किर्गिस्तान र बंगलादेश एक खेल बाँकी छँदै समूह चरणबाट बाहिरिएको छ ।
अब नेपाल र भारतबीचको विजेता समूह विजेता बन्नेछ । नेपालको दुई खेलबाट ६ अंक छ । भारतको पनि ६ अंक छ । किर्गिस्तान र बंगलादेशले अंकको खाता खोल्न सकेको छैन । किर्गिस्तान र बंगलादेशबीचको विजेता समूहमा तेस्रो हुनेछ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा मंगलबार भएको खेलमा नेपालले बंगलादेशमाथि ३–० को एकपक्षीय जित निकाल्दै लगातार दोस्रो जित आत्मसात् गर्यो ।
पहिलो सेटमा २५–१० को सोझो सेटमा जित निकालेको नेपाललाई दोस्रो सेटको सुरुवातमा बंगलादेशले कडा चुनौती दिएपनि नेपालले २५–८ को सहज जित निकाल्न सफल भयो । ६–६ को बराबरीबाट अघि बढेको नेपालले त्यसपछि बंगलादेशलाई थप २ अंक मात्रै दिदै खेल आफ्नो पक्षमा पार्न सफल भयो ।
चौथो सेटमा पनि सुरुवातदेखि नै अग्रता लिदै नेपालले २५–९ ले आफ्नो पक्षमा पार्दे जित निकाल्न सफल भयो ।बंगलादेशविरुद्धको खेलबाटै नेपालका चार खेलाडीले डेब्यु गरिन् । मिडल ब्लकर कविता भट्टसँगै सेटर प्रगति नाथ, स्पाइकर पुजा चौधरी र लिवेरो शान्ति कला तामाङले नेपाली महिला राष्ट्रिय टोलीमा डेब्यु गरिन् । बंगलादेशविरुद्धको खेलमा पहिलो सेटमा पहिलो रोजाईमा खेल्दै डेब्यु गरिन् ।
बेल्जियन मुख्य प्रशिक्षक जान डि ब्रान्टले मिडल ब्लकर साफिया पुनलाई विश्राम दिर्द कवितालाई मौका दिइन् । यस्तै नेपालले खेलमा १४–५ ले अग्रता लिइरहँदा पहिलो सेटमै स्पाइकर सरस्वती चौधरीको स्थानमा सेटर प्रगति नाथ तथा सेटर तथा कप्तान अरुणा शाहीको स्थानमा स्पाइकर पुजा चौधरी कोर्टमा छिर्दै डेब्यु गरिन् ।
यस्तै पहिलो सेटमै लिवेरो शान्ति कला तामाङले पनि डेब्यु गरिन् । यससँगै राष्ट्रिय टोलीमा परेका सबै ६ खेलाडीले राष्ट्रिय टोलीमा डेब्यु गरेका छन् । सोमबार मिडल ब्लकर संगम महतो र अपोजिट हिटर रिमा कुँवरले डेब्यु गरेका थिए ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments