खाँणसँग आफ्नो लामो संगत भएको र पैसामा विक्ने व्यक्तिका रुपमा नपाएको – कांग्रेस सभापति देउवा
- जेष्ठ ९, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
पूर्व गृहमन्त्री बालकृष्ण खाँण विरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंले संगठित ठगी, राज्यविरुद्धको कसुर अभियोग लगाउन सरकारी वकिल कार्यालयलाई राय दिएको छ । तर नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त प्रकरणमा खाँण संलग्न भएको विषयमा आफूलाई विश्वास नभएको बताएका छन् । पूर्व गृहमन्त्री खाँण पैसामा बिक्ने व्यक्ति नभएको बताएका छन् ।
मंगलबार आफूलाई भेट्न आएका कांग्रेसका नेता कार्यकर्ताको एक टोलीलाई सभापति देउवाले खाँणको विषयमा चिन्ता नगर्न सुझाव दिएका छन् ।
‘तपाईहरु धेरै चिन्ता नगर्नुस् । मिडियाले दोषी बनाएर हुँदैन । पुलिसले मात्रै दोषी बनाएर पनि हुँदैन,’ देउवा निवासबाट फर्केका एक नेताले उनको भनाइ उधृत गर्दै कासिन न्यूज सँग भने, ‘विना प्रमाण दोषी बनाउन कहाँ पाइन्छ र?’
देउवाले आफूलाई भेट्न आएकाहरुलाई भने, ‘खाँणजी पैसामा विक्ने खालको मान्छे होइन । उहाँ राष्ट्र र राष्ट्रियता प्रति एकदमै प्रतिवद्ध मान्छे हो ।’ खाँणसँग आफ्नो लामो संगत भएको र पैसामा विक्ने व्यक्तिका रुपमा कहिले पनि नपाएको देउवाले बताएका थिए ।
विना प्रमाण दोषी करार गर्न खोजिएको भन्दै देउवाले यो विषय आफूले पनि बुझ्न नसकेको बताएका छन् । खाँणको विषयमा छलफल गर्न केही केन्द्रीय सदस्य र युवा नेताहरु देउवालाई मंगलबार दिउँसो धुम्बाराही पुगेका थिए ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments