
सम्पादकीय: प्रमुख दलका प्रमुखहरुमा बढेको चिन्ता -नक्कली शरणार्थी प्रकरण
- जेष्ठ १०, २०८० मा प्रकाशित

१० जेठ ।
भाषा ,साहित्य ,संस्कृति ,दर्शनशास्त्र र सामाजिक शास्त्रको सर्वोच्च निकाय नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले सांस्कृतिक आयामको विश्लेषण नगरी भ्रष्टाचारलाई बुझ्न सकिँदैन ।भ्रष्टाचार न्यायिक ,प्राज्ञिक,नीतिगत ,वैचारिक र संस्थागत लगायतका अनेकौँ रूप र स्वरूपमा प्रकट हुने गर्दछन् । तिनको निर्मुल पार्न सके मात्रै देशको समुन्नति हुने छ भन्ने कुरा बताएका छन् ।
कुलपति राईको यो कथन मूलत अहिले देशमा सबैभन्दा चर्चित प्रपोगाण्डाको रुपमा रहेको नक्कली शरणार्थी प्रकरणलाई लिएर थियो । अहिले भष्ट्राचारको अर्थ राजनीतिलाई लिएर देशका सामान्य भन्दा सामान्य मानिस देखी देशका प्रबुद्ध बर्ग सम्म चिन्ता प्रकट गरिरहेका छन् ।

भष्ट्राचारको अर्थ राजनीतिले अब देशलाई कता लैजान्छ भन्ने कुराले अहिले राज्यको हरेक क्षेत्रमा सन्त्रासमय वातावरण छ । तर उता राज्यको एउटा अंगलाई आफनो अधिकार हो भन्नेहरु भनौ राजनीतिका हिमायतीहरु भने यसलाई सामान्य रुपमा लिने गरेका छन् । आफनो पक्षको बचाउ अभियानमा अहिले देशका प्रमुख दलका क्रान्तिकारी राजनेता आँखा चिम्लेर लागेका छन् । प्राय दैनिक जसो हुने राजनीतिक भेटघाटका क्रममा यी राजनेताहरु आफना कार्यकर्ताहरुलाई भष्ट्राचारीहरुको हैसियत देखाउने भन्दा पनि कसरी हुन्छ चोख्याउने तर्फ लागेका हुन्छन् ।
जेठ ९ गते मंगलबार नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमंन्त्री शेरबहादुर देउवाले आफूलाई भेट्न आएका कांग्रेसका नेता कार्यकर्ताको एक टोलीलाई खाँणको विषयमा चिन्ता नगर्न सुझाव दिएका छन् ।
‘तपाईहरु धेरै चिन्ता नगर्नुस् । मिडियाले दोषी बनाएर हुँदैन । पुलिसले मात्रै दोषी बनाएर पनि हुँदैन, । विना प्रमाण दोषी बनाउन कहाँ पाइन्छ र?’
देउवाले आफूलाई भेट्न आएकाहरुलाई भने, ‘खाँणजी पैसामा विक्ने खालको मान्छे होइन । उहाँ राष्ट्र र राष्ट्रियता प्रति एकदमै प्रतिवद्ध मान्छे हो ।’ खाँणसँग आफ्नो लामो संगत भएको र पैसामा विक्ने व्यक्तिका रुपमा कहिले पनि नपाएको देउवाले बताएका थिए ।
भने ठिक त्यसको केही क्षणमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुको बयान आयो तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नजिक व्यक्तिहरु सँगको आर्थिक कारोबार को सम्वन्धनमा थियो ।
यसबाट पनि पुष्टि हुन्छ कि नक्कली शरणार्थी प्रकरणको लगनगाँठो कहाँ सम्म जोडिएको छ भनेर । तर अहिले देश र नागरीकलाई भुलभुलैयामा राख्ने प्रयासमा देशका ठूला दलका प्रमुखहरु नै लागिरहेको अनुभुति गरिन थालीएको छ । देशबाट भष्ट्राचारलाई निर्मुल पार्ने भन्दा पनि भष्ट्राचारमा लागेकाहरुलाई कसरी चोख्याउने भन्ने खेलोमा प्रमुख दलका प्रमुखहरु लागि परेका छन् भन्दा फरक पर्ने छैन् ।
नक्कली शरणार्थी प्रकरणमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाण, नेकपा एमालेका सचिव एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, सक्कली भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार डा इन्द्रजित राईसहितका १६ जना पक्राउ परेका छन् ।
ठगी प्रकरणमा पक्राउ परेका १६ जनाविरुद्ध बुधबार अदालतमा अभियोजन दर्ता गर्ने तयारी भै रहेको छ । यो प्रकरणलाई गुपचुप रुपमा सिद्धाउने भन्दा पनि जति सक्दो चाँडो फैसला गर्नु जरुरी भै सकेको छ ।

सम्बन्धित खवर
ट्रेन्डिङ
-
चैत्र २९, २०८१एउटा जोकरको कथा : अरुलाई होच्याउने देखी धक्कु लगाउने कार्यमा व्यस्त प्रधानमन्त्री ओली
-
चैत्र २९, २०८१लोकतन्त्रको विकल्प पछाडि फर्किने व्यवस्था हुन नसक्ने : गृहमन्त्री लेखक
-
चैत्र २९, २०८१ज्यान मार्ने उद्योगमा मुद्दा : नियन्त्रणमा खटिएका प्रहरीले नै मुख्य कमाण्डर प्रसाईं विरुद्ध जाहेरी दिने
-
चैत्र २९, २०८१भएन सहमति : विद्यालय शिक्षाको समग्र सुधार गरी यसलाई नयाँ गोरेटोमा हिंडाउने महाअभियानमा शिक्षकहरु
लोकप्रिय
-
लोकप्रिय चैत्र २९, २०८१एउटा जोकरको कथा : अरुलाई होच्याउने देखी धक्कु लगाउने कार्यमा व्यस्त प्रधानमन्त्री ओली
-
लोकप्रिय चैत्र २९, २०८१लोकतन्त्रको विकल्प पछाडि फर्किने व्यवस्था हुन नसक्ने : गृहमन्त्री लेखक
-
लोकप्रिय चैत्र २९, २०८१ज्यान मार्ने उद्योगमा मुद्दा : नियन्त्रणमा खटिएका प्रहरीले नै मुख्य कमाण्डर प्रसाईं विरुद्ध जाहेरी दिने
-
लोकप्रिय चैत्र २९, २०८१भएन सहमति : विद्यालय शिक्षाको समग्र सुधार गरी यसलाई नयाँ गोरेटोमा हिंडाउने महाअभियानमा शिक्षकहरु
Comments