एनएससी काभा महिला भलिबल : नेपालले बलियो प्रतिस्पर्धी भारत सँग सामना गर्दै
- जेष्ठ १०, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
घरेलु टोली नेपालले बुधबार एनएससी काभा महिला भलिबल च्यालेन्ज कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा बलियो प्रतिस्पर्धी भारतको सामना गर्दैछ ।
नेपाल र भारतबीचको खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा दिउँसो ३ बजेपछि हुनेछ । दुवै टोली एक खेल छँदै सेमिफानल पुगेकाले यो प्रतिस्पर्धा समूह विजेताको लागि हुनेछ ।
घरेलु कोर्टमा हुने खेलमा नेपाल भारतलाई हराउँदै समूह विजेता बनेर सेमिफाइनलमा पुग्ने लक्ष्यमा हुनेछ । नेपालले हालसम्म भारतलाई हराउन सकेको छैन । नेपाल र भारतले सन् २०१९ पछि पहिलोपटक खेल्न लागेको हो ।
त्यसबेला घरेलु भुमिमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत नेपालले भारतसँग फाइनल खेल्दा ३–२ को सेटमा पराजित हुँदै ऐतिहासि स्वर्णबाट वञ्चित बन्न पुगेको थियो । सुरुवाती दुई सेट जितेरपनि नेपालले त्यसपछि लगातार तीन सेट गुमाउन पुगेको थियो ।
त्यही हारको बदला लिदै नेपाल भारतलाई हराउँदै इतिहास कोर्ने लक्ष्यमा छ । तुलनात्मक रूपमा कमजोर बंगलादेश र किर्गिस्तानलाई पराजित गरेको नेपालले भारतसँगको खेलबाट आफ्नो स्तर मापन गर्नेछ ।
युवा र नयाँ खेलाडीको बाहुल्यता रहेको नेपाली टोलीमा अनुभवी सरस्वती चौधरीसँगै कप्तान अरुणा शाही र सलिना श्रेष्ठको साथ रहेको छ ।
उषा भण्डारी, निरुता ठगुन्ना, साफिया पुन, कामना विष्ट, संगम महतो, कविता भट्ट, रिमा कुँवर, प्रगति नाथ, पुनम चन्द, पुजा चौधरी र शान्तिकला तामाङ छन् ।
घुँडाको समस्याका कारण सरस्वती चौधरीले पूर्ण रुपमा आफ्नो खेल पस्कन सकेको छैन । प्रशिक्षक यान डे ब्रान्टले उनलाई किर्गिस्तानविरुद्धको खेलमा विश्राम र बंगलादेशविरुद्धको खेलमा मौका दिएको थियो ।
समूह ‘ए’ मा नेपाल र भारतको समान २ खेलबाट ६ अंक छ । यो समूहमा किर्गिस्तान र बंगलादेशले अंक जोड्न सकेको छैन । किर्गिस्तान र बंगलादेशले खेल्दैछ । दुवै टोली सान्त्वना जितको खोजीमा हुनेछ ।
समूह ‘बी’ मा पनि समूह विजेता बन्न काजकस्तान र उज्वेकिस्तानबीच प्रतिस्पर्धा हुँद
ैछ । दुवै टोलीको समान ६ अंक छ । यो समूहमा श्रीलंका र माल्दिभ्सले अंक जोड्न सकेको छैन । यि दुई टोली पनि पहिलो जित र अंकका लागि खेल्दैछ ।
१४ जेठसम्म चल्ने च्यालेन्ज कपमा ८ राष्ट्रको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह एमा नेपालसँगै भारत, बंगलादेश र कीर्गिस्तान रहेको छ । अर्को समूहमा उज्वेकिस्तान, श्रीलंका, माल्दिभ्स र काजकास्तान रहेका छन् ।
दुई समूहको राउन्ड रोविन लिगपछि शीर्ष २ टोलीले सेमिफाइनलमा र पुछारमा रहेका दुई टोलीले वरियताका लागि प्रतिस्पर्धा गर्नेछन् । च्यालेन्ज कपमा कुल २० खेल हुनेछ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments