एनएससी काभा महिला भलिबल :नेपाल भारतसँग पराजित हुँदै उपविजेता बन्यो
- जेष्ठ १०, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नेपाल काभा महिला भलिबल च्यालेन्ज कपको समूह चरणको अन्तिम खेलमा भारतसँग पराजित हुँदै उपविजेताको रुपमा सेमिफाइनलमा पुगेको छ ।
नेपाल भारतसँग ३–१ को सेटमा पराजित हुँदै समूह ए को उपविजेताको रुपमा सेमिफाइनलमा पुगेको हो । नेपालले सेमिफाइनलमा समूह बी को विजेता काजकस्तानसँग शुक्रबार प्रतिस्पर्धा गर्नेछ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बुधबार भएको खेलमा नेपाल भारतसँग ३–१ को सेटमा पराजित हुँदै अन्तिम चारमा पुगेको हो। नेपालले पहिलो सेट १२–२५ ले गुमाएको थियो। पहिलो सेट सस्तैमा गुमाएपनि नेपालले त्यसपछि सानदार प्रदर्शनमा साथ उपाधि दाबेदार भारतलाई कडा चुनौती दिएको थियो ।
प्रतिस्पर्धात्मक दोस्रो सेट २४–२६ ले गुमाउन पुग्यो । निकै नै प्रतिस्पर्धात्मक र रोमाञ्चक चौथो सेट नेपालले २५–२० ले आफ्नो पक्षमा पारेको थियो। चौथो तथा अन्तिम सेटमा नेपालले २५–२१ ले गुमाउँदै समुह उपविजेता बनेको हो । चौथो सेटमा नेपाल एक समय १८(१५ को अग्रतामा थियो । तर त्यो अवस्थाबाट भारतले सानदार पूनरागमन गर्दै जित पक्का गर्यो ।
भारत समूह ए को विजेताको रुपमा सेमिफाइनलमा पुगेको छ । भारतले सेमिफाइनलमा समूह बी को उपविजेता उक्वेकिस्तानसँग खेल्नेछ । आजै भएको समुह बी को खेलमा काजकस्तानले उज्वेकिस्तानलाई २६–२४, २५–१६, २५–११ र २५–१८ ले हराउँदै समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments