सफल भएन कसुरबाट जोगाउने प्रयास -“टेकनारायणको म्यासेजपछि खाँणले एक करोड फिर्ता गरे”
- जेष्ठ १०, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
सरकारी वकिल कार्यालय काठमाडौंले नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणले अभियुक्तहरू केशव दुलाल र सानु भण्डारीलाई एक करोड रकम फिर्ता गरेको दाबीसहित मुद्दा दायर गरेको छ ।
प्रहरी अनुसन्धानमा थुनामै रहेका बेला तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले खाँणलाई पत्र लेखेर अभियुक्तहरू दुलाल र भण्डारीको पैसा फिर्ता गरी इन्कारी बयान गराउनू भन्ने सूचनाका आधारमा खाँणले एक करोड रकम फिर्ता गरेको अभियोगपत्रमा उल्लेख छ ।
त्यसरी फिर्ता गरिएको रकम खाँणका स्वकीय सचिव नरेन्द्र केसीमार्फत आङटावा शेर्पाले सानु भण्डारीका दाजु राजु भण्डारीलाई फिर्ता गरेको दाबी अभियोगपत्रमा गरिएको छ ।
“।।।टेकनारायण पाण्डे पक्राउ परिसकेपछि हिरासतबाटै निजले मन्त्री बालकृष्ण खाँणलाई कसुरबाट जोगाउनका लागि प्रधानमन्त्रीसमेतलाई भनेर निजउपरको अनुसन्धान प्रक्रिया अघि नबढाउन दबाब दिनुपर्ने, प्रतिवादीहरू केशवप्रसाद दुलाल र सानु भण्डारीले लिएको रकम फिर्ता गरी बालकृष्ण खाँणको नाम नलिने गरी इन्कारी बयान गर्न लगाउनु भन्ने समेत व्यहोराका लिखित सूचनाहरू दिएको र त्यो सूचना निज प्रतिवादी बालकृष्ण खाँण र निजका स्वकीय सचिव नरेन्द्र केसीको साथबाट बरामद भएको उक्त लिखित सूचना परीक्षणका लागि पठाउँदा प्रतिवादी टेकनारायण पाण्डेको हस्त लिखत रहेको भनी खुल्न आएको, प्रतिवादी बालकृष्ण खाँणले आङटावा शेर्पालाई भण्डारी र पाण्डेलाई हिरासतमै भेटन पठाइ पहिले लिएको रकम फिर्ता गर्नेर बयानमा आफूसमेतलाई पोल नगर्न भनी पाठाएको र सो कुुरा हिरासतमा रहेका प्रतिवादीहरू सानु भण्डारी र केशव दुलाललाई आङटावा शेर्पाले भनेपछि सहमत भई सहमतिबमोजिम एक करोड निजका स्वकीय सचिव नरेन्द्र केसीमार्फत आङटावा शेर्पाले लिई सोमध्ये तीस लाख सान भण्डारीको दाजु राजु भण्डारीलाई भरपाइ गरिदिएको घटना विवरण भरपाइ र कागलबाट खुलेको छ,” अभियोगपत्रमा भनिएको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments