एक मन्त्रालयसहित मधेश सरकारमा लोसपा सहभागी

- जेष्ठ ११, २०८० मा प्रकाशित


कासिन न्यूज,
जनकपुरधाम ।

मधेश प्रदेश सरकारमा एक मन्त्रालयसहित लोकतान्त्रिक समाजवादी पार्टी सहभागी भएको छ ।

मुख्यमन्त्री सरोजकुमार यादवले लोसपा सांसद रमेशप्रसाद कुर्मीलाई वन तथा वातावरण मन्त्री नियुक्त गरेको हुन् । तत्काल एक मन्त्रालयसहित आफूहरु सरकारमा सहभागी भएको लोसपा संसदीय दलका नेता अभिराम शर्माले जानकारी दिए ।

उनका अनुसार साँझ ५ बजे नवनियुक्त मन्त्री कुर्मीले शपथ लिने छन् । कुर्मी पर्साको निर्वाचन क्षेत्र नम्बर–२ ९ख०बाट निर्वाचित भएका थिए ।

यसअघि सरकार बाहिर रहेका सत्ता गठबन्धन घटक कांग्रेस २ र एकीकृत समाजवादी १ मन्त्रालयसहित मंगलबार मधेश सरकारमा सहभागी भएका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर