नीति तथा कार्यक्रमकमाथि उठेका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने

- जेष्ठ १२, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

संघीय संसद भवन वानेश्वरमा प्रतिनिधिसभाको दोस्रो अधिवेशनका १३ औं बैठक बस्न लागेको हो । बैठक ११ बजे बस्नेछ । बैठकमा गत जेठ ५ गते सरकारले पेस गरेको नीति तथा कार्यक्रममाथि प्रधानमन्त्री पुष्पकमल दाहालले जवाफ दिने कार्यक्रम रहेको छ ।

‘प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपतिले २०८० जेठ ५ गते शुक्रवार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा गरेको सम्बोधनमा उल्लेखित आब २०८० ८१ को नेपाल सरकारको बार्षिक नीति तथा कार्यक्रम माथीको छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिने छन्’ सम्भावित कार्यसूचीमा उल्लेख छ ।

सो अघि शुक्रबार पनि नीति तथा कार्यक्रममा सांसदहरुले आ आफनो धारणा राख्नेछन् भने प्रधानमन्त्रीले जवाफ दिए पछि सो प्रस्ताव निर्णयार्थ प्रस्तुत हुने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर