विवादमा पशुपतिनाथको जलहरी : दुधको दुध होस्, पानीको पानी होस्, सुनको जलहरी होइन भने प्रमाणित गरियोस् ,कारबाही गरियोस् – एमाले
- जेष्ठ १२, २०८० मा प्रकाशित
कासिन न्यूज
काठमाडौं ।
प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा अनेकन भ्रष्टाचार भएको आरोप लगाएका थिए।
जेठ १० गते त्यसक्रममा उनले भनेका थिए, ‘उहाँ (केपी शर्मा ओली) सरकारमा बस्दा कति भ्रष्टाचारका काण्डहरु आए ? यति, ओम्नी, वाइडबडी, स्वास्थ्य सामाग्रीको दुई अर्बको भ्रष्टाचार। त्यति मात्रै होइन, पशुपति नाथको जलहरी लाउँदा पनि सुन लाउने भनेर पित्तल लाइदिएर गरेका भ्रष्टाचारहरु यस्ता सयौं, हजारौं भ्रष्टाचारका काण्डहरु छन् ।’
सत्तारुढ दलको सांसदले पशुपतिमा सुनको भनेर पित्तलको जलहरी लगाएको भनी प्रमुख प्रतिपक्षी नेकपा एमालेले शुक्रबार प्रतिनिधिसभाको बैठक प्रश्न उठाएको हो ।
शुक्रबारको प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै एमालेका प्रमुख सचेतक पदम गिरीले प्रतिपक्षी दलको नेतामाथि सत्तारुढ दलको नेताले लगाएको आरोपबारे प्रष्ट नभएसम्म बैठक चल्न नदिने बताए ।
यस विषयमा सत्यता नछुटाइ संसद चल्न नदिने एमालेको अडनका कारण शुक्रबारको प्रतिनिधिसभा बैठक नै प्रभावित भएको छ । एमालेको अवरोधपछि सभामुख देवराज घिमिरेले बैठक नै स्थगित गरिदिए । सभामुख देवराज घिमिरेले संसदमा प्रश्न उठिसकेका कारण विधि अनुसार प्रष्ट पार्न सकिने भनै संसदको कामकारबाही अगाडि बढाउनका लागि सहयोगका लागि आग्रह गरे । तर, एमालेले मानेन ।
एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रमुख विपक्षी दलको नेतामथिको आरोप बोकेर हिड्न नसकिने बताए । ‘यो आरोप मेरो पक्ष्ँमा, मेरो पार्टीमा प्रतिपक्षीको नेतामाथि आरोप लागेको छ’ उनले भने, ‘‘उहाँहरुले भनेपछि यो होला भन्ने हुन्छ । यति गम्भीर हो । यो आरोप टाउकोमा हामी कसरी प्रक्रियामा भाग लिन सक्छौं ?’
सत्यता आवश्यक भएको उल्लेख गर्दै उनले थपे, ‘दुधको दुध होस्, पानीको पानी होस्। सुनको जलहरी होइन भने प्रमाणत गरियोस्। कारबाही गरियोस्।’ यो सँधैका लागि राफसाफ गर्न आवश्यक रहेको उनले बताए।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments