रेशम चौधरीको आममाफी रद्ध गरिपाउँ भनि राष्ट्रपति पौडेललाई निवेदन
- जेष्ठ १२, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
टिकापुर काण्डका नाइके रेशम चौधरीको आममाफी रद्ध गरिपाउँ भनि टीकापुर घटनाका पीडितले राष्ट्रपति कार्यालयमा निवेदन दिएका छन् । सरकारले चौधरीलाई गणतन्त्र दिवसका अवसरमा जेठ १५ गते आममाफी दिएर रिहा गर्ने चाँजोपाँजो मिलाउन लागेको बेला टिकापुर घटनाकी पीडित टीकापुर हत्याकाण्डमा मारिएका प्रहरी निरीक्षक (इन्सपेक्टर) केशव बोहोराकी पत्नी शारदा कडायत बोहराले निवेदन दिएकी हुन्।
तीन तहको अदालतले दोषी ठहर गरेको व्यक्तिलाई आममाफी दिएर पीडितलाई थप चोट दिन नहुने भन्दै निवेदन दिएकी छिन् ।
२०७२ भदौ ७ गते कैलालीको टिकापुरमा थरुहटको माग राख्दै भएको प्रदर्शनमा एसएसपी लक्ष्मण न्यौपाने, इन्सपेक्टर बोहरासहित ८ सुरक्षाकर्मी र एक बालक गरी ९ जना मारिएका थिए।
उक्त आन्दोदनको नेतृत्व हाल जेलमा रहेका रेशमले गरेको खुलेको थियो। रेशमलाई जिल्ला अदालत कैलाली, उच्च अदालत दीपायल र सर्वोच्च अदालतबाट जन्मकैदको फैसला भएको छ। हाल डिल्लीबजार कारागारमा रहेका चौधरीलाई जेठ १५ गते रिहा गर्ने प्रक्रिया सरकारले अघि बढाएको छ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments