विवादमा पशुपतिनाथको जलहरी : माओवादी केन्द्र छानबिन समिति बनाउने पक्षमा -एमाले माफी मगाउने पक्षमा
- जेष्ठ १२, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
प्रतिनिधी सभाको बैठकलाई प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरुले अवरुद्ध गरेपछि स्थगित भएको बैठक अहिले सम्म सुचारु हुन सकेको छैन् । बैठक सुरु भए लगतै एमाले सांसदहरुले पशुपतिनाथको मन्दिरमा राखेको जहलरीबारे माओवादी सांसद लेखनाथ दाहालले दिएको अभिव्यक्तिमा आपत्ति जनाए ।
१० जेठमा बोलेका दाहालले ‘पशुपतिनाथको जलहरी लाउँदा पनि सुन लाउने भनेर पित्तल लाइदिएर गरेका भ्रष्टाचार’ भनेका थिए । त्यसमा आपत्ति जनाएका एमालेका संसदीय दल उपनेता सुवास नेम्वाङले जलहरीमा सुन कि पित्तल छिनोफोनो हुनुपर्ने बताए । साथै आफ्ना नेता केपी शर्मा ओलीबारे आपत्तिजनक अभिव्यक्ति दिने सांसदले माफी माग्नुपर्ने माग गरे ।
सभामुखले यसबारे सरकारले जवाफ दिने भन्दै बैठक सुचारु गर्न सहयोग खोजे । त्यही बेला माओवादी प्रमुख सचेतक हितराज पाण्डेले उठेर संसादमा बोल्न पाइने बताएपछि एमाले सांसदहरुले रोष्टम घेराउ गरे । सभामुखले बैठक स्थगित गरे ।
संसद बैठक स्थगित भएपछि सभामुख देवराज घिमिरेले प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गरेका थिए । त्यो छलफलमा एमालेका प्रमुख सचेतक पदम गिरी र सचेतक महेश बर्तौला सहभागी थिए । उनीहरुले माओवादी सांसदले माफी माग्नुपर्ने माग गरेका थिए ।
तर माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संसदीय छानबिन समिति बनाउने प्रस्ताव गरे । एमालेले पनि के हो प्रष्ट हुनुपर्ने बताएको र अरुले पनि प्रश्न उठाएकाले संसदीय समिति बनाएर छानबिन गर्न उपयुक्त हुने उनको तर्क थियो । तर सहमति जुटेन ।
स्थगित भएको २ घण्टासम्म पनि सहमति नजुटेका कारण संसद सुरु हुन सकेन र संसद सचिवालयले सूचना निकालेर बैठकको समय सारेको छ । दिउँसो ३ बजे बैठक बस्ने भनिए पनि अझै सुरु भएको छैन । अहिले फेरि सभामुखले प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गरिरहेका छन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments