किन हुन्छ गौ हत्या ? – नेपालको कानूनले निषेध गरे पनि हत्या गर्नेहरु बढ्दै
- जेष्ठ १३, २०८० मा प्रकाशित
कासिन न्यूज,
बाँके ।
बाँकेको नरैनापुर गाउँपालिकाले गौ हत्याको घटना रोक्न कडाइ गर्न थालेको छ । गाउँपालिकाको शुक्रबार बसेको गाउँ कार्यपालिकाको बैठकले गौ हत्यामा संलग्नको पहिचान गरी कडाभन्दा कडा कारबाही गर्न र गौहत्यामा संलग्न भएको प्रमाणित भएमा एक वर्षसम्म गाउँपालिकाबाट प्रदान गरिने कुनै पनि सेवा उपलब्ध नगराउने निर्णय भएको गाउँपालिका अध्यक्ष मो। इस्तियाक अहमद शाहले बताए ।
अध्यक्ष शाहका अनुसार गौ हत्या गर्ने व्यक्तिको सम्बन्धमा सूचना दिने व्यक्तिलाई पुरस्कार स्वरुप रु १५ हजार नगद उपलब्ध गराउने निर्णय भएको छ । गाउँपलिकाले यससम्बन्धी कानूनीरूपमै मान्यताका लागि नीति तथा कार्यविधि निर्माणको तयारी गरेको छ ।
गौ हत्या नियन्त्रण गर्नसम्बन्धी सुरक्षाकर्मीहरूलाई गाउँपालिकाले अनुरोध गरेको छ । गाउँपालिकाले सो सम्बन्धमा जनचेतना कार्यक्रम सञ्चालन गर्ने प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले बताए । नेपालको राष्ट्रिय जनावरको रूपमा गाईलाई मानिन्छ । नेपालको कानूनले गौहत्यालाई निषेध गरेको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments