कांग्रेस राजनीति : राजनीतिक अंक गणितमा कमजोर बन्दै सभापति देउवा – आरजु र जयबिरसिंहले निम्त्याएको बखडा

- जेष्ठ १३, २०८० मा प्रकाशित


सुधीर नेपाल,
काठमाडौं ।

मिठो बोले पनि आत्मामा कुण्ठा जगाउने ब्यक्तिहरुलाई के भन्ने भन्दा यसको सहजै उत्तर आउँछ त्यो हो राजनीतिज्ञ । यस्तै खाले कुण्ठै कुण्ठाले भरिएका छन् प्रधानमन्त्री एवं माओवादी केन्द्रका सभापति पुष्पकमल दाहाल प्रचण्ड । प्रधानमन्त्री दाहालको भरपर्दो राजनीतिक सहयोगी बनेका छन् नेपाली कांग्रेस(नेका)को सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा ।
सोझो र मनमा लागेको कुरालाई नडराई बक्न सक्ने साहसी नेताको उपमा पाएका सभापति देउवा अहिले दुलो भित्रबाट टाउको निकालेर भित्र बाहिर भित्र बाहिर गरिरहने मुसा सरह भएका छन् ।
कारण राजनीतिक र पदीय स्वार्थ । हो यही राजनीतिक र पदीय स्वार्थको कारण अहिले सभापति देउवाको दिल दिमागमा नचाँहिदो अराजक राजनीतिको भूत सवार भएको छ भन्ने कुरा उनका पछिल्ला कामकार्वाहीबाट पनि प्रष्ट हुन्छ ।
सभापति देउवामा सवार भूतको मुख्य लक्ष्य भनेको गठबन्धनको बैसाखी टेकेर निर्वाचन पछि पुन एकपटक प्रधानमन्त्री बन्ने मात्र हो अन्य केही होइन् । सभापति देउवाको यो राजनीतिक पदचापले कस्तो मोड लिन्छ । त्यो स्वयं न उनलाई थाहा छ न कांग्रेसजनलाई नै ।
कांग्रेस माथि लागेको अभिषापको मुख्य कारण के हो भन्दा सहजै तरिकाले उत्तर खोज्न सकिन्छ । आफूले भरेको निरंकुसताको जोडबलमा सभापति देउवाले अहिले पार्टी एकतन्त्रीय प्रणालीमा जाकेका छन् । जसको असर काग्रेसी कार्यकताहरुमा पर्न थाले छ भने यो प्रणालीको प्रत्यक्ष भनौ वा अप्रत्यक्ष फाइदा भने सभापति देउवाले लिइराखेका नै छन् ।
जसरी सभापति देउवाले राजनीतिमा गणीतिय शैलीको प्रयोग प्रष्टुफित गर्न थाले । यहि हिसाबमा कांग्रेसीहरुले ठूलै राजनीतिक दबाब थेग्नु परिरहेको छ । गठबन्धनको सरकारले देशको हितको लागि कुनै पनि असल कार्य नगरेको प्रमाणहरु बेलाबखत झुल्कि रहन्छ ।
कांग्रेसलाई एकल र व्यक्तिगत संरचनाको आधारमा बाँदर नचाई गर्ने सोचमा लागेका सभापति देउवाको उमेरले जति जति डाँडो काट्दै छ । उनी भित्र पलाएको अलम्पच(लालची) पनाले देश र काँग्रेसलाई कता तर्फ मोडेको छ ।
श्रीमति आरजु राणा देउवा र छोरा जयबिरसिंहका लागि खुल्ला मैदानमा बिपरित ध्रुवका सारथीहरुलाई लिएर लम्किरहेका सभापति देउवाले निम्त्याएको यो राजनीतिक कलहको सिकार स्वयंम देउवा हुने छन् ।

आफू माथि आएका कलह र बिरोधका स्वरहरुलार्ई सभापति कसरी ट्याक्ल गर्ने कला पनि सभापति देउवामा नभएको होइन् । तर के गर्ने पारिवारीक दबाब अगाडी जहिले पनि सभापति देउवा झुकेको नै पाइन्छ । अहिले नेपालका पुराना र राजनीतिक क्रान्तिको बिल्ला भिडेका पुराना पार्टीहरुलाई बजारमा एक वर्ष अगाडी देखीएका नयाँ दलहरुले ठूलै धक्का दिन थालेका छन् ।
भलै सभापति देउवाको यस्ता कार्यशैलीले उनलाई क्षणिक फाइदा भएपनि यसको अन्त्यमा आउने परिणामले ठूलै सभापति देउवालाई असर त गर्छ नै त्यही परिणामले कांग्रेसीहरु पनि राजनीतिक मारमा नर्पलान भन्न सकिदैन् ।

कांग्रेसमा बेलाबखत विशेष महाधिवेशनको माग निकै महत्वका साथ उठाइने गरिन्छ । २०७४ सालको निर्वाचनलगत्तै र गत वैशाखमा भएको उपनिर्वाचनपछि कांग्रेसमा विशेष महाधिवेशनको चर्को नारा घन्किन थालेको छ । कांग्रेस नेतृत्वको असक्षमता देखिएको भन्दै संस्थापन इतर पक्षबाट विशेष महाधिवेशन माग बेलाबेला उठिरहेको पनि पाइन्छ ।
२०७४ को आम निर्वाचनमा प्रतिनिधिसभामा कांग्रेसले प्रत्यक्षतर्फ जम्मा २३ सिट जितेको थियो । पार्टीको ‘शर्मनाक’ हारको जिम्मेवारी सभापति देउवाले लिनुपर्ने भन्दै विशेष महाधिवेशन बोलाउनुपर्ने तर्क गरिएको थियो । अहिले पनि उही माग दोहोरिएको छ ।
गत ४ मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा सत्ता गठबन्धनको बलले कांग्रेसले ५७ क्षेत्रमा प्रत्यक्ष चुनाव जित्यो भने समानुपातिकतर्फको सिटसमेत हिसाब गर्दा ८८ सिट छ । तर गत १० वैशाखमा भएको उपनिर्वाचनमा कांग्रेसले पहिले जितेको तनहुँ–१ मा जित्न सकेन । रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि खाली भएको उक्त क्षेत्रमा कांग्रेसका गोविन्द भट्टराईले कांग्रेसको मत सुरक्षित गर्न सकेनन् । कांग्रेस छाडेर राष्ट्रिय स्वतन्त्र पार्टीका डा. स्वर्णिम वाग्लेले भारी मतान्तरले जिते ।

स्थानीय तह, प्रदेश र संघमा कांग्रेसको शक्ति २०७४ सालको तुलनामा बढेपनि कांग्रेसभित्र असन्तुष्टि उस्तै छ । २०७४ सालमा बाम गठबन्धनले गर्दा पराजित भए पनि स्थानीय सरकारलेखि संघीय सरकारसम्म कांग्रेसको प्रभावशाली उपस्थिति रहे पनि कार्यकर्ता र नागरिकमा आशा जगाउन नसकेको र यसमा पार्टी नेतृत्व जिम्मेवार रहेको विशेष महाधिवेशन माग गर्नेहरुको छ ।
कांग्रेसको विधानमा विशेष महाधिवेशन बोलाउन मिल्ने दुई विधि छन् । पहिलो, केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा । केन्द्रीय समितिले विशेष महाधिवेशनको आवश्यक ठानेर निर्णय गर्ने परिस्थिति हाललाई देखिँदैन । विशेष महाधिवेशन नचाहने सभापति देउवासँग केन्द्रीय समितिमा पर्याप्त बहुमत छ । ८२ प्रतिशतको शक्ति देउवासँग रहेकाले केन्द्रीय समितिले विशेष महाधिवेशन आवश्यक देख्ने सम्भावना शून्यप्रायः छ । देउवा अनुकूलको संख्या उनलाई हटाउने मागका विरुद्धमा उभिन तयार नहुन सक्छ ।

विधानको दफा १७ को उपदफा २ मा उल्लिखित महाधिवेशन कार्यविधिले विशेष महाधिवेशन आह्वान गर्न दोस्रो विकल्प दिएको छ । दोस्रो विधिमा ‘केन्द्रीय महाधिवेशनका चालीस प्रतिशत सदस्यहरूले केन्द्रीय महाधिवेशनको बैठक बोलाउन विशेष कारण खुलाई केन्द्र समक्ष लिखित अनुरोध गरेमा’ विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ ।
विधानमा लेखिएको छ, ‘केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा वा केन्द्रीय महाधिवेशनका चालीस प्रतिशत सदस्यहरूले केन्द्रीय महाधिवेशनको बैठक बोलाउन विशेष कारण खुलाई केन्द्र समक्ष लिखित अनुरोध गरेमा निवेदन परेको तीन महिनाभित्रमा विशेष केन्द्रीय महाधिवेशन बोलाउनुपर्नेछ ।’
गत महाधिवेशनमा सभापतिमा डा. शेखर कोइरालाले प्राप्त गरेको मतको आधारमा ४० प्रतिशत प्रतिनिधि पुग्ने देखिन्छ । गत महाधिवेशनका प्रतिनिधि चार हजार ७४३ जना थिए । दोस्रो चरणको मतदानमा ४ हजार ६२३ मत खस्दा देउवाले दुई हजार ७३३ मत पाएका थिए । प्रतिस्पर्धी कोइरालाले १ हजार ८५५ मत पाएका थिए । कूल महाधिवेशन प्रतिनिधिबाट ४० प्रतिशतको हस्ताक्षर पु¥याउन १ हजार ८९७ जना आवश्यक पर्दछ ।
उता डा. कोइराला भने सभापति देउवाले फालेको तु्रप टिप्ने प्रयासमा लागेको कांग्रेसका एक केन्द्रिय सदस्यले कासिन न्यूज सँगको कुराकानीमा बताए । यो अर्थमा के बुझिन्छ भने डा. कोइराला सभापति देउवाले आफनो बचन पूरा गर्ने सकेत देखाए सँगै डा.कोइराला सभापति देउवा माथि नरम शैलीमा प्रस्तुत हुन् थालेका देखीन्छ ।
उता महामन्त्रीद्वय निकटका नेताहरुका अनुसार कार्यकर्ताले अघि बढ्न दबाव दिएको अवस्थामा उनीहरु आँट गर्ने पक्षमा छन् । पार्टीप्रतिको चिन्ताले नेतृत्व परिवर्तन गर्ने कार्यकर्ताको माग उठ्दा त्यसका लागि नेता संस्थापन इतरका नेता कोइराला भने भित्री रुपमा सभापति देउवालाई सर्मथन पक्षमा लागेको कुराले राजनीतिक बजारमा एक प्रकारको हल्ला फैलीन थालेको छ ।
कार्यकर्ताको मनोभावना बुझ्नकै लागि संस्थापनइतरका नेताहरु रुपान्तरणको एजेण्डा लिएर अभियान सुरु गरेका छन् । जेठ ११ मा जनकपुरमा भएको बहस तथा अन्तर्क्रिरयाबाट कार्यकर्ता मूल नेतृत्व परिवर्तनका पक्षमा देखिएको पनि नेता घिमिरेले बताए । अहिले कांग्रेस कार्यकर्ताहरुमा एक प्रकारको छुट्टै निराश र आक्रोस पोख्ने गरेको पार्टी सचिवालय स्रोतले बताएको छ । पार्टी सञ्चालन गर्ने कार्यशैलीले कांग्रेसको भविष्य के हुने हो भन्ने छ’, नेता घिमिरे भन्छन्, ‘पार्टीमा गल्ती भएको छ । पार्टी बेला बेला चुकेको छ । त्यसमा किन नेताहरु बोल्दैनन् भन्ने आक्रोश छ ।’
महामन्त्रीद्वय गगन–विश्व कार्यकर्ताको धारणा बुझेपछि विशेष महाधिवेशनको सन्दर्भमा विचार व्यक्त गर्ने पक्षमा छन् । कार्यकर्ताको अपेक्षा र भावना बुझ्नका लागि देशभर पुग्ने महामन्त्री थापाले घोषणा गरिसकेका छन् । तदर्थवादमा पार्टी चल्न नसक्ने निष्कर्षमा कार्यकर्ता पुगेको देखियो । मूल नेतृत्व बदल्नुस् भन्ने धेरैको राय छ’, घिमिरे भन्छन् ।
२०७८ मंसिरमा भएको चौधौं महाधिवेशनबाट देउवा दोस्रोपटक सभापति निर्वाचित भएको डेढ वर्ष पुग्न लागेको छ । विधानतः उनको यो कार्यकाल अझै ४ वर्षसम्म रहन सक्छ । कार्यकर्तामा आशाको सञ्चार ल्याउन तथा कांग्रेसको साख जोगाउन विशेष महाधिवेशन मात्रै विकल्प हुने संस्थापनइतरका कतिपय नेता तर्क गर्छन् ।

एक केन्द्रीय सदस्य स्रोतका अनुसार ,‘आआफ्नो डम्फु बजाइरहेका छन् ।’ ठूलो दल भएर पनि कांग्रेसका कार्यकर्तामा निराशा बढेको ति केन्द्रिय सदस्यले स्वीकारे गरे । सबैका कुरा सुनेर अघि बढ्नपर्ने देउवालाई सुझाव छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर