•  २६ पुष २०८१, शुक्रबार

कोशी प्रदेश : निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्न थालेपछि १७ जना पक्राउ

- जेष्ठ १४, २०८० मा प्रकाशित


कासिन न्यूज,
विराटनगर ।

कोशी प्रदेशको नाम पहिचानका आधारमा पुनः संसोधन गर्न माग गर्दै आन्दोलनका लागि प्रदेश सभा भवन अगाडि पुगेका १७ जनालाई प्रहरीले पक्राउ गरेको हो । प्रदेश सभा सचिवालय नजिकै देवकोटा चोक र अस्पताल चोक पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।
निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्न थालेपछि पक्राउ गरेको उनले बताए । पक्राउ परेकाको साथबाट गुलेली र ढुंगा बरामद भएको प्रहरीले जनाएको छ ।
प्रदेश सभाको दोस्रो तथा बजेट अधिवेशन सुरु हुँदैछ । प्रदेश सभाको बजेट अधिवेशनलक्षित आन्दोलन घोषणा गरेका पहिचान पक्षधरले बिहानैदेखि प्रदेश सभा सचिवालय अगाडि प्रदर्शन गर्ने तयारी गरेको थियो ।
आन्दोलनको जानकारी पाएपछि प्रहरीले प्रदेश सभा सचिवालय आसपासको सुरक्षा व्यवस्था कडा पारेको छ । प्रदेश सभातर्फ जाने चारतिरकै सडक खटिएको प्रहरीले बटुवालाई पनि फर्काइरहेको छ ।

विराटनगर आउने सवारी साधनको चेकजाँचमा पनि प्रहरीले कडाइ गरेको छ । प्रहरी प्रवक्ता दाहालले सुरक्षा सतर्कता उच्च बनाइएको बताए । कोशी प्रदेश सभाको दोस्रो एवम् बजेट अधिवेशन दिउँसो २ बजेका लागि आह्वान गरिएको छ । प्रदेश सभाले गत फागुन १७ गते प्रदेशको नाम राखपछि पहिलोपटक बैठक बस्न लागेको हो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर