टर्किएमा राष्ट्रपति पदका लागि मतदान शुरु
- जेष्ठ १४, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
टर्किएमा राष्ट्रपति पदका लागि मतदान शुरु भएको छ । वर्तमान राष्ट्रपति रेसेप तैयिप एर्दोगान र उनका प्रमुख प्रतिद्वन्द्वी केमाल किलिचदारोग्लु राष्ट्रपतिका प्रत्यासी छन् ।
गत वैशाख ३१ गते भएको राष्ट्रपति र संसदीय निर्वाचनमा करिब पाँच करोड ४० लाख अर्थात् ८६.९८ प्रतिशतले नागरिकले मतदान गरेका थिए । उक्त निर्वाचनमा मतदाताको उत्साहप्रद सहभागिता रहेको थियो । हालै १८ वर्ष पुगेका करिब ५० हजार नयाँ मतदाताको चुनावमा पहिलोपटक आफ्नो मताधिकार प्रयोग गरेका थिए ।
पहिलो चरणको राष्ट्रपतीय निर्वाचनमा वर्तमान राष्ट्रपति एर्दोगानले ४९.५२ प्रतिशत मत प्राप्त गरेका थिए भने किलिचदारोग्लुले ४४.८८ प्रतिशत मत प्राप्त गरेका थिए ।
यसैबीच, संसदीय निर्वाचनको नतिजाले राष्ट्रपति एर्दोगानको पिपल्स अलायन्सले ६०० सिट भएको संसदमा ३२३ सिटमा बहुमत हासिल गरेको देखाएको छ भने छ दलको विपक्षी ब्लक नेसन एलायन्सले २१२ सिट प्राप्त गरेको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments