आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक हुँदै
- जेष्ठ १५, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
आर्थिक वर्ष २०८०/८१ को बजेट सोमबार सार्वजनिक हुँदैछ।
संघीय संसद भवन, बानेश्वरमा बस्ने सङ्घीय संसद्को संयुक्त बैठकमार्फत बजेट सार्वजनिक हुन लागेको हो। बैठक दिउँसो ४ : १५ बजे बोलाइएको छ।
‘अर्थमन्त्री डा. प्रकाशशरण महतले आ।व २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्नु हुने’ सम्भावित कार्यसूचीमा उल्लेख छ।
राजस्व सङ्कुचनको सामना गरिरहेको सरकारले बजेटमार्फत अनावश्यक खर्च कटौतीको नीति अख्तियार गर्ने तयारी गरेको छ।
अर्थमन्त्री महतले बजेटमार्फत कतिपय विकासमा अवरोध पुगिरहेका नीतिगत अड्चन समाधान हुने बताएका छन्। साथै उनले बजेटमार्फत सरकारलाई अतिरिक्त दायित्व सिर्जना हुने नयाँ कार्यक्रम घोषणा नहुने सङ्केत पनि गरेका छन्।
नयाँ संविधान जारी भए पछि हरेक वर्ष गणतन्त्र दिवसका दिन अर्थात् जेठ १५ गते सरकारले नयाँ बजेट सार्वजनिक गर्दै आएको छ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments