माउन्ट एभरेष्टमा प्लाटेनियम जुब्ली

- जेष्ठ १५, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

स्वर्गीय तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले सन् १९५३ मे २९ मा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको ७०औं वार्षिक उत्सवको मनाइएको छ ।
उक्त समारोहमा धर्मगुरु श्रद्धेय श्री नाट्रा टुल्कु रिम्पोछे , न्यूजिल्याण्डका पूर्व प्रधानमन्त्री हेलेन क्र्लक, खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष श्री मिङमा छिरी शेर्पा, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की लगायतको उपस्थिती रहेको थियो ।
ऐतिहासिक अवसरमा कार्यक्रमका प्रमुख अतिथि र विशिष्ट अतिथिहरूबाट नेपालको राष्ट्रिय झण्डोत्तोलन र स्वर्गीय तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीको शालिक अनावरण गरीएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर